Rashtriya Dainik

सरावल गाउँपालिका वडा नम्बर ५ काे कार्यालयद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ ले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कम्मल वितरण गरेको छ ।

सामाजिक सुरक्षा प्राप्त गर्ने ३४५ जना ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरिएको छ ।

सरावल ५ वडा अध्यक्ष लक्षुमण चाैधरीले कार्यक्रममा बोल्दै पहिलो प्राथमिकता ज्येष्ठ नागरिक रहेको र आफूहरू ज्येष्ठ नागरिकहरू प्रति संवेदनशील भएर काम गरिरहेको बताए । ज्येष्ठ नागरिकको उचित हेरचाह र स्वास्थ्यको चिन्ता गरेर नै वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण, विभिन्न शिविर गरिएको बताए ।

ज्येष्ठ नागरिकहरूप्रति जनप्रतिनिधि र स्थानीय सरकार उत्तरदायी रहेको र उहाँहरूको सम्मान स्वरूप वडाले ब्ल्याङ्केट वितरण गरेको वडा कार्यालय सहयोगी राजेश यादवले बताए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी र ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित