Rashtriya Dainik

नेपाल भित्र्याउने क्रममा लागूऔषध सहित एक महिला पक्राउ

नवलपरासी /२३ माघ

लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु भारत बाट नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा भारत महाराजगन्ज जिल्लाको ठुठीबारी एसएसबीले चिकजच गर्ने क्रममा ठुठीबारीमा एक नेपाली महिला पक्राउ परेकी छिन्।

आईतबार दिउँसो नेपाल भारत सीमा नजिकै भारतीय एसएसबीले चिकजचा गर्दा लागु औषध सहित नेपाली नागरिक लाई पक्राउ परेका थिए ।

पश्चिम नवलपरासीको पाल्हिनान्दन गाउँपालिका वार्ड नं-१ बस्ने नसरुल्लाह ( मुलायम )को श्रीमती ३५ वर्षीया जहिरुल निशा,पक्राउ परेकी भारतीय प्रहरीले बताएको छ।

उनको साथबाट सिरप ओनरेक्स- ३९ नग,डायजेपाम इंजेक्शन- ५० नग,बुप्रेनोर्फिन इंजेक्शन ५५ नग बरामद गरेको भारतीय प्रहरिले बताएँ । थप अनुसन्धानको लागि महाराजगन्ज जिल्लाको पठाइएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित