रंजीत शर्मा/ नवलपरासी , २३ माघ।
पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा दोश्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
सोमबार देखि पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा स्थित श्री हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रमको उदघाटन पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता( दीपक) को अध्यक्षता तथा नेपाल सरकारका पूर्व गृह राज्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमूख अथिकतामा सम्पन्न भएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रतिनिधी सभा सदस्य तथा पुर्व राज्य मन्त्री देवेन्द्रराज कँडेलले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउनुभयो। उहाँले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीति,आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छा शक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो। यस्ता खेलकुद प्रतियोगीतामा पालिकाले अझ लगानी गर्नु पर्नेमा जोड दिँदै यस क्षेत्रको खेलकूद विकासका लागि आफूले पहल गर्ने बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी, दौड,फिल्ड हाइजम्प,लङजम्प,त्रिपलजम्प,ज्याभलिङ थ्रो, सटपुट,रिले दौड,लगायतका खेलमा महिला र पुरुष गरी ३० इभेन्टमा प्रतियोगिता हुने शिक्षा तथा खेलकुद शाखाका प्रमूख प्रमोद यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, खडक बस्नेत,जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती प्रसाद यादव,पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना),जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमा कामु मगर,वार्ड अध्यक्ष चुलाही यादव, जगदिश गुप्ता,कृष्णचन्द्र यादव लगाएको अथिकता तथा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा पत्रकार लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

