रुपन्देही – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ ।
शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुदें अभियोग सहित संगठनले सोमवार न्यौपानेलाई कालोमोसो दलेको हो ।
न्यौपाने माथि ४७ जना शिक्षक नियुक्तिमा जनही १ देखि ३ लाख रुपैया सम्म कमिशन लिएको , नगरस्तरीय खेलकुद र सामाग्री खरिद एंव बिद्यालयको भौतिक निर्माणमा भष्ट्राचार गरेको , बिभिन्न सरोकारवालाहरुलाई धम्की दिने गरेको, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अभद्र ब्यवहार गरेको, सरकारी सवारी साधन बिदाको दिन दुरुपयोग गरेको लगायतका आरोप संगठनले लगाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

