Rashtriya Dainik

स्थापना दिवसको अवसरमा पत्रकारलाई सहयोग तथा महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता

पार्वती आचार्य
कपिलवस्तु माघ २२
’संमृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म, भन्ने नाराका साथ प्रेस चौतारी नेपाल कपिलवस्तुले २६ औँ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । जिल्ला शाखाले स्थापना दिवसको अवसरमा रक्त क्यान्सरबाट पीडित प्रेस सेन्टर कपिलवस्तु जिल्ला सदस्य दीपक केसी, सवारी दुर्घटनामा घाइते भएका संचारकर्मी लक्ष्मण सापकोटा र कृष्ण पौडेललाई उपचारका लागि रु १०÷१० हजार रुपियाँ सहयोग गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा अध्यक्ष जानु पाण्डेले बताउनु भयो । स्थापना दिवसको अवसरका जिल्ला शाखाले चौतारी मिलन कार्यक्रमको आयोजना गरि उक्त कार्य गरेको हो ।
कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले जनताको पक्षमा सही सूचना प्रदान गर्नुपर्ने बताउनु भयो । यस्तै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले स्थापना दिवसको शुभकामना दिदै प्रेस चौतारिले आम नागरिका सवालमा कलम चलाउदै आएको बताउनु भयो । गाउँगाउँमा जनप्रतिनिधिले गरेका बिभिन्न कार्यहरुमा सत्य तथ्य रुपमा कलम चलाउन पत्रकारलाई आग्रह समेत गर्नुभयो ।
बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले पत्रकार भनेको राज्यको चौथो अंग भएको हुँदा सहि सुचना संम्प्रेण गर्दै आएको र ग्रामिण क्षेत्रका बिषयहरुलाई समेत उठान गर्न आग्रह गर्दै स्थापना दिवसको शुभकामना दिनुभयो ।
सो अवसरमा महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता कार्यक्रम गरिएको थियो । प्रेस चौतारि कपिलवस्तु जिल्लाको आयोजनामा वाणगगा नगरपालिका वडा न ७ खारखानिमा कुर्सी दौड प्रतियोगिता गरिएको हो । कुर्सी दौड प्रतियोगितामा प्रथम हुनेमा सरिता थारु , द्वीतिय सिता बेल्बासे र तृतिय स्थान हासिल गर्ने गिता थापालाई पुरस्कार प्रदान गरिएको सह सचिव कुलराज भुषालले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा शिवराज नगर समितिले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता र बाणगंगा नगर समितिले महिला पत्रकारको लागि विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत तथा सहसचिव कुलराज भुषालको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्यहरु , सल्लाहकार , जिल्ला समितीका पदाधिकारीहरु र नगर समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित