Rashtriya Dainik

लागु औषध सहित दुई जना पक्राउ

संजय कुशवाहा / नवलपरासी २२ माघ

पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर चोक स्थित दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३५ प ५६१३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नं. ७ अस्नैया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष २८ को सरोज चौधरी र सोही मोटरसाईकल पछाडी सवार जिल्ला बाग्लुङ साविक हटिया गा.वि.स.वडा नं.०३ हाल गल्कोट नगरपालिका वडा नं.३ हटिया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष २२ की पवित्रा परियार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

दुबै जनाको शरीर खानतलासी गर्दा मोटरसाईकल चालक सरोज चौधरीले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोइन जस्तो देखिने ६ पुरिया प्लाष्टिक सहित ६ ग्राम ६२० मिलिग्राम फेला पारी उक्त लागु औषध, मोटरसाईकल र मानिसहरुलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित