Rashtriya Dainik

व्यबसायी माथी गोली प्रहार भएपछि व्यवसायीहरुले आन्दोलित

बिनोद निगम /नवलपरासी ,२१ माघ

शनिबार साँझ करिब ७ बजेको समयमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारी स्थित चोरघोलामा सुनचाँदी ब्यवासायी गजेन्द्र बिश्वकर्मा माथि गोली प्रहार भएपछी ब्यवसायीहरु आतंकीत भएको सुनचाँदी ब्यवासायी संघ नवलपरासीका अध्यक्ष अर्जुन सुनारले बताउनु भयो । ‘केहि समय अघि प्रतापपुर गाउपालिका वडा नम्बर २ गोपिगँज र अहिले फेरि बर्दघाट १६ मा चोरी गर्ने र ज्यान समेत मार्ने गरि आक्रमण गरेपछि कसरी ब्यवसाय गर्ने ?’ सुनारले भन्नुभयो ।

नवलपरासीका सुनचाँदी ब्यवसायी, उद्योग बाणिज्य संघ बर्दघाट, बर्दघाट बजार बिकास समिति लगायतले आन्दोलन गर्दै नारा लगाएका छन । ब्यावसायीहरुले प्रहरी प्रमुख राजीनामा दे, ब्यवसायीको शान्ति सुरक्षा कायम गर, ब्यवसायीक एकता जिन्दबाद जस्ता नाराहरु लगायका छन । शान्ति र शुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय ब्यवसायीहरुले बर्दघाटमा नारा जुलुस गर्दै प्रहरी उपरीक्षक भिम बहादुर कार्कीको राजिनामा समेत मागेका छन ।

सुस्ता गाउपालिका १ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालक गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा लागेको गोलि मेरुदण्डमा गएर अड्किएको सुनारले जानकारी दिनु भयो । गोली प्रहारबाट घाइते विश्वकर्मालाई चिसापानी अस्पताल, तिनाउ इन्टरनेटर नेशनल अस्पताल बुटवल,भैरहवा मेडिकल कलेजमा समेत उपचार सम्भव नभएपछि उनलार्ई आइतबार विहान एम्बुलेन्सबाट काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् ।

बर्दघाट उद्योग वाणिज्य संघले प्रेस बिज्ञाप्ति जारी गरी अपराधिक कियाकलापमा संम्लग्न लुटेराहरुलाई पक्राउ गरि कानुनको दायरामा ल्याई कानुनी कार्वाही गर्न र घटनाबाट आतंकित सम्पुर्ण व्यवसायी एवं आम नागरिकलाई शान्ति, सुरक्षा कायम भएको महसुस दिलाउन सरोकारवाला, गृह प्रशासन समक्ष प्रेस बिज्ञाप्ति जारी गरी हार्दिक अनुरोध गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित