Rashtriya Dainik

चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

पार्वती आचार्य
कपिलवस्तु माघ २१
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले बताउनु भयो ।
प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको (९ नौ) पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक वलिले जानकारी दिनु भयो ।
यता यस आर्थिक बर्ष ०८०÷०८१ को साउन देखि माघ २० गते सम्म जिल्ला प्रहरी कार्यालयका बिभिन्न मातहतमा चेकजाँच गर्ने क्रममा ब्रराउन सुगर धुलो ६४ ग्राम १ सय १६ मिलिग्राम , चरेश ४ किलो ६ सय ४६ ग्राम , अन्य ट्यावलेटहरु नाईट्राभेट ३ सय ६९ , स्पास्मो १ हजार ३ सय ४ क्याप्सुल र एसकोडिल १ सय एम.एल. को २१ सिसि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उक्त ३० वटा घटनामा २९ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडी बढाईएको छ भने १ मुद्दा अनुसन्धान प्रक्रियामा रहेको छ । सो घटनाहरुमा ५६ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ब्राउन सुगरमा ४४ जना , नाईट्राभेटमा १० जना , एसकोडिलमा १ जना र चरेशमा १ जनालाई पक्राउ गरि कानुनी दायरामा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वलिले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित