Rashtriya Dainik

गाउँपालिकामा राम्रो काम गरेका कर्मचारीलाई स्थानिय द्वारा सम्मानित

राजन कुमार बानिया
पर्सा २१ माघ
पर्साको पकहामैनपुर गाउँपालिकाका कर्मचारीले स्थानिय राजनितिकर्मीहरुबाट सम्मानित भएको छन।गाउँपालिका कार्यालयमा राम्रो काम गरेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत उदय शंकर चौधरी समेत अाधा दर्जन भन्दा बढि कर्मचारीहरुलाई एक कार्यक्रमका बिच फुलमाला लगाई गमछा अोढाएर सम्मानित गर्नु भएका छन। नयाँ प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरीले अाएको दुई महिनामा राम्रो राम्रो काम गरेको पहिलो काम श्रीराम चरित्र माध्यमिक बिधालयको गोप्य ठेन्डर रद गरि खुला टेन्डर गरिएको र गाउँपालिकामा गोप्य रुपमा राखिएको ४१ जना कर्मचारीहरुलाई हटाएको।शिक्षक न्युक्तिमा बढि अंक ल्याउनेलाई शिक्षक भर्ना गरिएको।गाउँपालिकाको विशेष सभाबाट संशोधन गरि एक वर्षबाट बंचित रहेका जनप्रतिनिधिहरुको सेवा सुबिधा निकासा गरिएको छ।गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा खुला भर्ना गरि राम्रो अंक लयाउनेलाई भर्ना गरिएको छ। गाउँपालिकाको अधुरो कामलाई पुर्नता दिएको र जनप्रतिनिधिहरुको चल्दै अाएको बिबादलाई सहमतीमा ल्याएको छ।सामाजिक सुरक्षा भाता समयमा उपलब्ध गराउनु भएको छ।उत्कृष्ट बिधार्थीहरुलाई लेपटप बितरण गर्ने जस्ता काम र गाउँपालिकामा काम गर्ने बिभिन फाँटका कमर्चारीले राम्र काम गरेकोले स्थानिय राजनितीकर्मीहरुले सम्मानित गरेका छन। सम्मानित हुनेहरुमा योजना शाखा प्रमुख सुधांशु शेखर प्रसाद महतो, संतोष सर्राफ,शिक्षा प्रमुख दामोदर दुबेदी,प्रसाशन प्रमुख हरिमोहन महतो,स्वास्थ्य प्रमुख सदाम हुसेन, लेखापाल निरंजन पटेल लगायत लाई सम्मानित गरिएको स्थानिय युवा सुनिल कुमार कुशवाहा ले जनाए का छन। सम्मानित कार्यक्रम मा सहभागी स्थानिय राजनिककर्मी नन्दकिसोर पटेल,जानमहम्द मियाँ ,सुरेश यादव,फरिन्द्र चौहान,लिनेश साह कानु,राजु सोनार रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित