उमेश बि.क / नवलपरासी ,२१ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति नवलपरासीले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभयो ।

निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् ।
राष्ट्रिय भुमि आयाेग नवलपरासीको अध्यक्ष देवराज भण्डारीले गाउँपालिकाले छिटो गरेको खण्डमा लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताउनुभयो । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ भण्डारीले भन्नुभयो , ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’

विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने वहाँकाे भनाइ छ ।
निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने पालिका अध्यक्ष चाैधरीले बताउनुभयो ।

सरावल गाउँपालिकाका अध्यक्ष चाैधरीले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउनुभयो । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने बताउनुभयो ।

जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र जग्गा पाउने चाैधरीकाे भनाइ छ । त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अनेत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

