Rashtriya Dainik

प्रतापपुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

संजय कुशवाहा / नवलपरासी २० माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनी जन जागृति माध्यमिक विद्ययालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सर्वोच्च शिखर बाल क्लबको आयोजना तथा प्रतापपुर ६ वडा कार्यालयको सहयोगमा प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
बाल क्लबको अध्यक्ष कुमकुम हरिजनको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख अतिथिता रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमबाट बालबालिकामा एउटा राम्रो सिकाई हनुका साथै उनिहरु भित्र रहेको ज्ञानलाई प्रतिस्फुटन गर्न र अगाडि बढाउन समेत सहयोग पुगेको बताउनु भएको थियो । साथै वर्तमान अवस्थामा हरेक क्षेत्रमा सेवा प्रवेश गर्नका निम्ति सामान्य ज्ञान जरुरी हुने बताउँदै बाल क्लबले यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा यस किसिमका कार्यक्रमका लागि सहकार्य गर्न सकिने बताउदै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा ५ वटा विद्यालयका बालबालिकाहरूको सहभागीता रहेको थियो । जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय प्रतापपुर ९ बेलाटारी प्रथम , डम्बर बहादुर आधारभुत विद्यालय प्रतापपुर ८ पिपरपातीले दृतिय , जन जागृती माध्यमिक विद्यालय प्रतापपुर ६ गुठी परसौनी तृतिय स्थान हासिल गरेको छ ।
प्रथम ,दृतिय ,तृतीय स्थान हासिल हुनेलाई मेडल , प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सर्वोच्च शिखर बाल क्लबका सदस्य बिनीत यादव स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रतापपुर ६ का वडाध्यक्ष केशव अधिकारी , जन जागृती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम सरण पाण्डे , प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्रा , वडा सदस्य अवधेश यादव लगायतहरुले शुभकामना मन्तब्य राखेका थिए । बाल क्लबका सचिव इन्दु कोईरी कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त प्रतियोगीतामा जन जागृती माध्यमिक विद्यालय गुठी परसौनी , मदरसा मदिलतुल ओलुम हरपुर , त्रिभुवन माध्यमिक विद्यालय बेलाटारी , गणेश माध्यमिक विद्यालय बसहिया र डम्बर बहादुर आधारभुत विद्यालय पिपरपातीका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित