कपिलवस्तु/ माघ २०
कपिलवस्तु उद्योग वाणिज्य संघको माघ ३ गते हुन लागेको अधिवेशनका लागि जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन ३ दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन ।
आगामी ३ बर्षे नेतृत्वको लागि तिनवटा प्यानल चुनावी मैदानमा उत्रिने भएका छन । तिन वटा प्यानलहरुले आ आफ्ना पदाधिकारीहरुको नाम समेत सार्वजनिक गरेका छन ।
यसैबीचमा वाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तथा व्यवसायी गणेश बहादुर क्षेत्रीको नेतृत्वमा रहेको प्यानलका पदाधिकारीले टुङ्गो लगाएका छन् । माघ २० गते भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्यानलका सम्पुर्ण पदाधिकारीहरु सार्वजनिक भएका हुन । क्षेत्रीले व्यवसायीहरु मारमा रहेको गम्भीर अवस्था अत्यन्तै नजिकबाट महशुस गरेको बताएका छन् । 
आफू युवा र निवर्तमान वडा अध्यक्ष, संघको पूर्व उद्योग उपाध्यक्ष तथा सल्लाहकार भएकोले कपिलवस्तु उद्योग वाणिज्य संघका संस्थापकहरु, पूर्व अध्यक्ष, सल्लाहकार, उद्योगी, व्यवसायी, व्यापारी, बुद्धिजिवी, समाजसेवी पत्रकार अग्रज सबैको सल्लाह र सुझाव अनुसार आफू अघि बढ्ने र संघमा नमुना सिर्जनशील काम गर्न उम्मेद्वारी घोषणा गरेको बताए ।
क्षेत्रीको नेतृत्वमा घोषणा भएको प्यानलको बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसियट उपाध्यक्षमा रामजी सेन, बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, महासचिवमा नवदत्त घिमिरे, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सहकोषाध्यक्षमा बसन्त कँडेल रहेका छन् । त्यस्तै महिला खुला सदस्य तर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरे रहेका छन् ।
यसैबिच अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले साना साना व्यवसायहरुलाइ एउटै छाता मुनि राखेर काम गर्ने र व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्थानीय सरकार र अन्य संघ संस्था सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने बताए । आफु लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा काम गरेको स्मरण गर्दै राजनैतिक क्षेत्र भन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार हुमनाथ पौडेलले व्यवसायीहरुका अनेकौं समस्या छरपस्ट हुँदा सम्बन्धित निकाय मौन रहेको भन्दै व्यवसायीको संरक्षणको लागि आफुहरुको उम्मेदवारी रहेको बताए ।
त्यस्तै समग्र महिला उम्मेद्वारको प्रतिनिधित्व गर्दै महिला उपाध्यक्ष पदकी उम्मेद्वार मिना पौडेलले व्यवसायको क्षेत्रमा महिला पछाडि परेको बताउँदै महिलाको सहभागीता लाई सक्रिय बनाउन आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहने बताईन् ।
त्यस्तै नेपाली काङ्ग्रेस प्रदेश सदस्य रुक बहादुर भुसाल, माओवादी जिल्ला अध्यक्ष विष्णु बेल्वासे, नेकपा एसका नगर अध्यक्ष दिपक पन्थी, रास्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष राजेन्द्र विक्रम साह, रास्ट्रिय जनमोर्चाका प्रतिनिधि शषि सापकोटा लगायतले बोल्दै अनुभवि र सक्षम नेतृत्व चुनावी मैदानमा उत्रिएको भन्दै यसले विशुद्ध व्यवसायीको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए । माओवादीका टेकेन्द्र क्षेत्रिको स्वागत मन्तव्य तथा मादब भाट माधव क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

