नवलपरासी /२० माघ
पश्चिम नवलपरासीको एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ ।
बर्दघाट नगरपालिका बस्ने अन्दाजी वर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वाड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वाड न १६ स्थित केराबारी गाउँको नजिक पुलमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट घाइते भइ उपचारको लागी चिसापानी अस्पतालमा पठाएको र घाइते सुनचाँदी व्यवसायी बिश्वकर्माको श्वासप्रश्वासमा समस्या देखिएपछि चिसापानी अस्पतालले थप उपचारको लागि रुपन्देही स्थित बुटवलको तिनाउ अस्पतालमा पठाइएको प्रहरीले बताएका छन । घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको छ ।
गोली प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

