राजन कुमार बानिया
पर्सा १९ माघ
पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत रहनु भएका पशु शाखा प्रमुख अधिकृत मुरलीधर पाण्डे अनिवार्य अवकास हुनु भएकोले शुक्रबार एक कार्यक्रमका बिच बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । यहि बितेको १०गतेदेखि लागु हुने गरी अनिवार्य अवकाश हुनु भएकोमा उहाँले यस कार्यालयको लागी गर्नु भएको योग्दान प्रति यस कालिकामाई गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारी परिवार आभार व्यक्त गर्दै उहाँको निवृत जीवन शुखमय होस भनी कामना गर्दै गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले अबिर माला दोसाला र मायाको चिनोबाट बिदाई तथा सम्पन्न गरिएको छ। बिदाई तथा सम्मान गर्दै अध्यक्ष गुप्ताले भने पशु शाखा प्रमुख पाण्डेलाई हामीहरु अबिभावकको रुपमा मानेका थिए।गाउँपालिका बिकास लगायत समपुर्ण कामहरु सलाह सुझाव लिएर अगाडि बढाएका थिए। पशु शाखा प्रमुख पाण्डेले दिनु भएको सलाश सुझावलाई स्करन गरि अगाडि बढिएको बताए । गाउँपालिकाको लागि गर्नु भएको योगदान प्रचि अभार ब्यक्त गर्दै निवृत जीवन शुखकय होस कामना तथा बिदाई तथा सम्मान गर्नु भएको थियो।कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले संबोधन गर्दै भने पशु शाखा प्रमुख पाण्डेलाई जहिले पनि अबिभावक जस्तै माया सलाह सुझाव दिनु भएको छ। अवकास लिएपनी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीहरु पहिलाकै जस्तो माया सनेह दिन आग्रह समेत गर्नु भएको थियोे । पहिला प्रत्यक्ष सहयोग गर्नु भएको हो ,तर सेवानृबित अवकमस पछी अाफ्ना परिवार सकझेर अप्रत्यक्ष सलाश सुझाव तथा माया प्रेम कायम रहोस भन्दै निबृत जीवन शुखमय बितोस बामना गर्दै बिदाई तथा सम्मान गर्नु भएको थियोे । पशु शाखा प्रमुख पाण्डेले भन्नू भने ४० बर्षको सेवामा मेरो तर्फ भएको कुनै टुरुटीमा छमा प्राथी छु। तपाईंहरुको साथ सहयोग पाएकोमा धेरै धेरै कृतज्ञ छु। सेवा निवृत भएर पनी तपाईंहरु साथ दिने त्यार रहेको छ। बिदाई तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि राधाकृष्ण चौरसिया, वडाध्यक्ष संजय पटेल,जयनारायण प्रसाद, संजय साह गोड,कार्यापालिका सदस्य ,गाउँपालिका सदस्य कर्मचारी,पत्रकार लगायत स्थानियहरुको उपस्थित रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

