Rashtriya Dainik

नेपाल पत्रकार महासंघ पर्साको स्तरवृद्धि कार्यक्रम आज देखि सौराहामा शुरु

राजन कुमार बानिया
पर्सा १९ माघ
पोखरीया नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार स्तरवृद्धि कार्यक्रम आजबाट सौराहामा सुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले विरगंजको पत्रकारितामा सुधार ल्याउन,र पत्रकारितामा भएको विकृति विसङ्गति हटाउन र पत्रकारहरुको सतर वृद्धि गर्न सहयोग पुग्ने बताए।
३/४ वर्ष देखि पत्रकारितामा लाग्नु भएको पत्रकारहरुको लेखन शैली लगायत बारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए। कोषाध्यक्ष संजिव मिश्राको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राजेन्द्र सिंह नेपाली, श्याम कुशवाहा, ग्रामिण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चौरसिया, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण मोहन साह लगायतको उपस्थिती रहेको थियो। तालिममा पर्साका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ। तालिममा अनुप तिवारी, रितेश त्रिपाठी , क्षत्र बहादुर कार्की ले प्रशिक्षक दि रहनु भएको छ। र कार्यक्रम संचालन तिवारी यादवले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित