आरपि उपाध्याय / नवलपरासी , १८ माघ
नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणी नवलपुरमा अभिभावक भेला विद्यालय प्राङ्गणमा विहीबार सम्पन्न भएको छ।
अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको ४ सदस्य तथा ९ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत चयन गरेको छ।
विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक अमरराज न्यौपानेको संयोजकत्वमा अभिभावक भेला सम्पन्न भएको हो।
अभिभावक भेलामा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडाध्यक्ष तथा प्रमुख अतिथि नुरेन्द्र शाहले शिक्षालाई परिणाममुखी बनाउनुपर्ने वर्तमान समयको माग रहेकोले दक्ष र योग्य शिक्षक रहेका सामुदायिक विद्यालयहरुमा राम्रो नतिजा आउन थालेको जिकिर गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढुंगानाले नारायणी गण्डकी मा.वि. त्रिवेणीलाई सुविधा सम्पन्न नमुना विद्यालय बनाउन सबै पक्ष क्रियाशिल भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियोे।
अभिभावक भेलामा विद्यालयको पुर्व व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका सदस्यहरुलाई विगत समयमा गरिएको कार्यको उच्च मुल्यांकन गर्दै कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक एवं शिक्षक शिव प्रसाद बस्यालले जानकारी दिनुभएको छ।
विद्यालयका प्रधानाध्यापक दिनेश कुमार पाण्डेले विद्यालयको शैक्षिक र भौतिक गतिविधिमाथी प्रकाश पार्दै विगतको समीक्षा र चालू शैक्षिकसत्रमा भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो।
अभिभावक भेलामा शिक्षा नियमावली अनुसार २ पुरुष र २ महिला सर्वसम्मत चयन भएका छन जसमा केशव भण्डारी, अचल कुमार जोसी,कमला पाण्डे र हिरादेवी पाण्डे चयन हुनुभएको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा मदन प्रसाद कुशवाहको अध्यक्षतामा ९ सदस्यीय समिती सर्वसम्मत चयन भएको छ।

जसको सदस्यहरुमा विशाल सिंह भण्डारी,बसन्ता उपाध्याय,अनिता कोइरी,गोबिन्द देवकोटा,लक्ष्मी अर्याल, सुमित्रा राउत चयन हुनुभएको विद्यालयले जानकारी दिनुभएको छ।
२०२२ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार छात्रछात्रा अध्ययनरत रहेका छन भने विद्यालयको कार्य क्षेत्र विनयी त्रिवेणी गाउँपालिकाको वडा न. ६ र ७ तथा सुस्ता र प्रतापपुर गाउँपालिका पनि रहेकोे बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

