पार्वती आचार्य / कपिलवस्तु ,१८ माघ
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुद्वारा सवारी चालकहरुका लागि स्वास्थ्य परिक्षण तथा ट्राफिक जनचेतना मूलक कार्यक्रम गरेको छ । जिल्ला ट्राफिक कार्यालय गोरुसिंगे र जयनगर स्वास्थ्य चौकि गोरुसिंगेको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसंगेले जानकारी दिएको छ ।
पछिल्लो समयमा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएपछि कार्यालयले पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरुलाई कार्यालयको अगाडी रोकी चालकको आँखा र प्रेसरको परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख अनिष भण्डारीले बताउनु भयो । माघ १८ गते कार्यालयले जम्मा १ सय ५ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
जसमा २५ जना सवारी चालकमा उच्च रक्तचाप र १२ जनामा न्यून रहेको थियो । यस्तै सामान्यमा ६८ जना रहेको प्रमुख भण्डारीले जानकारी दिनु भयो । सो अवसरमा सवारी बस , ट्रक , पिकअप र टेक्टरका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष ०८०÷०८१ को साउन १ गते देखि माघ १८ गते सम्म १ सय १० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा सबै भन्दा बढी ८७ वटा मोटरसाईकल , अटोरिक्सा र साईकल १६ वटा , बस १५ वटा , टेक्टर १० र जिपकारमा ७ वटा , ट्रकबाट ७ वटा , टेम्पु ५ वटा , टिप्परबाट १ वटा र अन्यबाट २ दुर्घटना भएका छन् । दुर्घटना संख्या १ सय १० र सवारी साधनको संख्या १ सय ५१ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रममुख भण्डारीले जानकारी दिनु भयो ।
उक्त दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने १ सय ५९ जना घाईते भएका छन् । यस्तै १३ वटा छाडाचौपायाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
आर्थिक बर्षको साउन देखि हाल सम्म बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार ५ सय ६३ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ६४ लाख ६० हजार ५ सय राजश्व रकम संकलन गरिएको छ । यसैगरी कार्यालयले जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई , सार्वजनिक सवारी साधनका चालक ÷ सह चालक ÷यात्रु , पैदल यात्रु तथा सरकारी निकायका चालक ÷कर्मचारीहरु लगाएत अन्य सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना मूलक प्रशिक्षण दिंदै आएको छ । जसमा १ हजार १ सय ५८ पटक सचेतना मूलक कार्यक्रम संचालन गरि ३१ हजार ६ सय ८ जना लाभान्वीत भएका छन् ।

दुर्घटना न्यूनिकरणको लागि स्थानियतहसंग समन्वय गरीे जिल्लाको बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण , सवारी साधनहरुको मेकानिकल चेकजाँच लगाएतका बिभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

