Rashtriya Dainik

सामाजिक सदभावकाे लागि रामलिला जरुरी छ : काङ्ग्रेस काेषाध्यक्ष उत्तमा राय

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ माघ

सामाजिक सदभावकाे लागि रामलिला जरुरी रहेको नेपाली काङ्ग्रेस नवलपरासी काेषाध्यक्ष उत्तमा रायले बताउनु भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा मंगलबारबाट सुरु भएको शतचण्डी महायज्ञकाे अवसरमा रात्रीकालिन रामलिलालाई उदघाटन गर्दै काेषाध्यक्ष रायले मर्यादा पुरुषोत्तम रामचन्द्रको जीवन कहानीमा आधारित रामलिला नाटक मन्चनबाट सामाजिक सदभाव, राज्य व्यवस्था प्रतिको उत्तरदायित्व, भातृ प्रेम, पिताको पैतृक आज्ञा, राष्ट्र प्रमुखको राष्ट्र प्रतिको माया र जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले रामलिला हुन जरुरी रहेको बताउनु भएको हाे।

रामलिलाबाट टाढा टाढा रहेका इष्टमित्र, भाइबन्धुहरुसितको भेटघाट, सामाजिक सदभावको नविकरण हुने गरेकोले यस्ता सामाजिक तथा धार्मिक नाटकहरुबाट विमुख हुदै गरेको समाजिक सदभाव, खलबलिनबाट बचाउने तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिनुभएको थियो । वहाँले सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि रामलिलाले ठुलाे भुमिका खेलेकाे भन्ने कुरामा जाेड दिदै यश यज्ञ सन्चालनका लागि बिशेष सहयोग साथ रहने प्रतिबद्धता जनाउनुभएकाे थियो ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ सरावलमा हिन्दु धर्मको रक्षा , स्थानीय क्षेत्र विकास एवं रामजानकी मन्दिर निर्माणका लागि श्री श्री १०८ श्री शतचण्डी महायज्ञ सुरु भएको हाे ।

सरावल गाउँबासी एवं श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिकाे आयाेजनामा समितिका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष एव काङ्ग्रेस नवलपरासी काेषाध्यक्ष उत्तमा रायकाे प्रमुख आतिथ्यतामा रामलिला उदघाटन भएको हाे।

शतचण्डी पूजनबाट सुरु गरिएको रामलिला हेर्ने दर्शकहरुकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित