Rashtriya Dainik

सरावलमा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीद्वारा महायज्ञ उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ माघ

पश्चिम नवलपरासीकोस सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा मंगलबारदेखि श्री श्री १०८ शतचण्डी महायज्ञ सुरु भएको छ ।

सरावल गाउँबासी एवं श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिकाे आयाेजनामा समितिका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा कलशयात्रा शुभारम्भ भएको हाे।

शतचण्डी महायज्ञलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सरावल गाउँपालिका भित्र धार्मिक महाेत्सव सुरु भएको बताउनुभयो ।आजकलकाे समय भाैतिक बिकास द्रुतगतिमा बढिरहेको छ, मान्छे सम्पत्तिको पछाडि दुग्रि रहेको छ , मानव मानवलाई चिन्न छाेडेछन तर भाैतिक बिकासकाे साथसाथै अध्यात्मिक विकास जाेड्न जरुरी रहेको बताउनुभयो । आउने पिडिका लागि पनि अध्यात्मिक विकास जरुरी रहेको छ। धर्म संस्कार बिना मानिसको जीवन पुर्ण नरहने भएकोले धर्म संस्कृति र संस्कारप्रति ध्यान दिनुपर्ने बताउनुभयो । यज्ञ सन्चालन गरेर पालिकालाई समेत धार्मिक काममा सामेल गरेकोले यश यज्ञलाई सन्चालनका लागि पालिकाबाट सहयोग साथ रहने प्रतिबद्धता जनाउनु भएको थियोे ।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले नेपालीहरुको धर्म संस्कृति कलाहरु लोप हुँदै गईरहेकोले यसलाई सबै संरक्षण गरि जोगाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो।

त्यस्तै सरावल ३ वडा अध्यक्ष फिरंगी चाैधरीले यज्ञले मानवको कल्याण हुने वहाँले बिश्वास व्यक्त गर्दै धर्मले सृष्टि टिकेको बताउनुभयो । यज्ञ र पुजा पाठले हाम्रोमा हिंसात्मक गतिविधि घरेकाे बताउदै वडाबाट हुने सहयोग साथ दिने प्रतिबद्धता जनाउनुभयाे।


महायज्ञमा काङ्ग्रेस जिल्ला काेषाध्यक्ष उत्तमा राय ,सरावल गाउँपालिका वडा नम्बर ६ वडाअध्यक्ष छाेटेलाल गुप्ता , समाजसेवी जन्मेजय यादव, इन्द्रकमल यादव , नेपाली काङ्ग्रेस सभापति बिनाेद पाण्डेय , समाजसेवी केदारनाथ चाैधरी लगाएतकाे सहभागीता रहेको थियो ।

श्री श्री १०८ शतचण्डी महायज्ञकाे विशाल कलशयात्रामा जनप्रतिनिधि सहित हजारौं संख्यामा दर्शनार्थीकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित