Rashtriya Dainik

बाग्लुङबाट निस्केको अनन्त श्री ब्रह्माण्डीय महायज्ञ कलश यात्रा बुधबार त्रिवेणी धामा

आरपी उपध्याय /नवलपरासी

अनन्त श्री ब्रह्माण्डीय महायज्ञ सम्पन्न गर्न निस्केको कलश यात्रा गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणीमा आइ बुधबार बिहान एक विशाल धार्मिक रेलीको साथमा बर्दघाट हुँदै बुटवल तर्फ प्रस्थान गरेको छ।
बाग्लुङको सर्वसिद्दी धाम पञ्चकोटमा फागुन ९ गतेदेखि २३ गतेसम्म सम्पन्न हुने उद्देश्यका साथ निस्केको कलश यात्रा पोखरा,मुग्लिङ,काठमाडौं हुँदै गण्डकी परिक्रमा गर्दै चितवनको बाटो भइ कावासोती,दुम्किबास हुँदै त्रिवेणीको गजेन्द्र मोक्ष धाम आइपुगेको हो।
दैवीक प्रेरणाद्वारा परम श्रद्देय श्री मुक्तिनाथ बाबाको पावन संकल्पमा देवदेश नेपाल कै इतिहासमा पहिलो पटक नेपालको सुप्रसिद्ध पर्यटकिय क्षेत्र बाग्लुङको सर्वसिद्दी धाम पञ्चकोटमा आयोजना हुने श्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन आयोजकले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ।
त्रिवेणी स्थित गजेन्द्र मोक्ष धामबाट निस्केको कलश यात्रा सहितको धार्मिक रेलीले रानीनगर,महलबारी,गोपिगन्ज हुँदै बर्दघाटसम्म पुग्दा सडक किनारमा रहेका भक्तजनहरुले पुष्पगुच्छा सहित कलश यात्रालाई स्वागत सहित सम्मान गरेका थिए।
कलश यात्रा सहितको यात्रालाई त्रिवेणी स्थित नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. का विद्यार्थीहरुले पनि स्वस्ती वाचन गरि फूलमालाद्वारा स्वागत गरिएको विद्यालायका प्र.अ. दिनेश कुमार पाण्डेले बताउनुभयो।
दिउँसो बर्दघाटको चिसापानी चोकमा पुगेको कलश यात्रालाई सडकमा निस्केका भक्तजनहरुले धार्मिक नाराका साथ महायज्ञको पुर्ण सफलताको कामना गरेको करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो। ब्रह्माण्डीय महायज्ञमा नेपाल भारतका गरि २५ लाख श्रद्धालु भक्तजनहरुले मेलाको अवलोकन गर्ने आयोजकले बताएको छ।
अनन्त श्री ब्रह्माण्डीय महायज्ञमा
उर्जा, विकास,शिक्षा प्रणाली,न्यायीक पद्धति,आत्म निर्भरमुखी कृषि, अर्थतन्त्रको विकास,समावेशिताको सिद्धान्त,सुशासन लगायतका विविध पक्षहरुमा पनि सम्मेलनमा छलफल र बहस हुने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित