Rashtriya Dainik

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अभियान सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

पार्वती आचार्य
कपिलवस्तु माघ १७
लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपालको आयोजना तथा जिल्ला समन्वय समिती कपिलवस्तुको समन्वयमा कपिलवस्तुको तौलिहवामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले कार्यक्रमलाई संबोधन गर्दै सिमानाकाको समस्या समाधानले मात्र समस्या समाधान नहुने बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय राप्ती उपत्यका नेपालले कपिलवस्तुको तौलिहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै महिलाहरुलाई बिभिन्न बहानामा प्रलोभन देखएर बेचबिखन भैररहेको र त्यसपछि महिलाहरुले बिभिन्न समस्याहरु भोग्न बाध्य भएको बताउनु भयो । यसलाई न्यूनिकरण गर्न स्थानियतहहरु र बिभिन्न मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले मानव बेचबिखन तथा ओसारपसारमा खुल्ला सिमानाकाको समस्या समाधान गरेर मात्र हुँदैन मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अभियानलाई सक्रिय रुपमा संचालन गर्नुपर्ने बताउनु भयो । जिल्ला समन्वय समिती , स्थानियतह र मानव बिकास सेवामा सरोकारवालाहरु सबै जिम्मेवार हुनुपर्नेमा जोडदिंनु भयो । मानव अधिकारको संरक्षणको बिषयमा प्रहरी प्रशासन संवेदनशिल छ तर समाजका आम नागरिकहरुमा परवर्तन आउन बिभिन्न सचेतना मूलक कार्यक्रम तथा अभियानहरु स्थानियतहबाट संचालन हुन आवश्यक भएको बताउँनु भयो ।
कार्यक्रममा सामाजिक बिकास माहाशाखा प्रमुख , प्रमुख महिला बिकास अधिकृत सारदा बस्यालले मानव बेचबिखनको बिषयमा बुझ्नु पर्ने आवश्यक कुराहरुको बारेमा जानकारी दिंदै मानव बेचबिखन र तस्करीमा महिला मात्र नभई बालबालिका र युवाहरु समेत बेचबिखनमा परेको बताउनु भयो ।
यस्तै मानव बेचबिखन र आधुनिक युगको दासता , घरमा कामदारको रुपमा रहेका कामदारहरुको समस्या , मानव बेचबिखन र दासता सम्बन्धि तथ्यांक , मानव बेचबिखनको अवस्था , मानव बेचबिखन र दासता सम्बन्धि नेपालको तथयांक , नेपालमा लैगिंक हिंसा र घरेलु हिंसाको अवस्था र लुम्बिनी प्रदेशमा लैगिंक हिंसाको मुद्दा दर्ता र फर्छौटको अवस्था र प्रदेश सरकारको नितीगत व्यवस्था , प्रदेश सरकारले संचालन गर्ने कार्यक्रमहरु र चुनौतीको बिषयमा सहजीकरण गर्नु भएको थियो ।
स्थानियतहको भूमिका , गैरसरकारी संस्था महासंघको जिम्मेवारी लगाएतको प्रस्तुत गर्दै प्रदेशको १२ वटा जिल्ला मध्ये अन्य जिल्लाको तुलनामा बाल विवाहमा कपिलवस्तु र बाँके जिल्लामा बढी देखिएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न स्थानियतहहरुले मानवीय बिकासमा जोडदिनु पर्ने उहाँको भनाई रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले कपिलवस्तु जिल्लामा मानव अधिकारको अवस्था र चुनौतीको बिषयमा प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा मानव बेचबिखन तथा ओसार पसार , ऐन कानुन , दण्ड सजायको बिषयमा जानकारी दिंदै पछिल्लो समयमा मानव बेचबिखन तथथा ओसारपसार नयाँ आयामहरुबाट भैरहेको हुँदा यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न स्थानिय सरकार र बिभिन्न सरोकारवालाहरुको हातेमालो हुन आवश्यक भएको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो ।
साथी सस्था कपिलवस्तुका प्रमुख बिमला घिमिरेले लैगिंक हिंसा र महिला आश्रय गृहको अवस्थाको बारेमा प्रस्तुत गर्दै आश्रय गृह संचालन र व्यवस्थापनका लागि स्थानियतह संग आग्रह गर्नुभयो ।
सहाएक जिल्ला न्यायाधिवक्ता खिमराज भट्टले स्थानियतहहरुमा बाल विवाह , बहु विवाह , बालश्रम लगाएतको बिषयमा सहजीकरण गर्नको लागि कुनै समस्या भए सरकारी वकिल कार्यालयले प्राबिधिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी चौधरीले आफ्नो पालिकाको चन्द्रौटामा दुई वटा संस्थाले कार्यक्रमहरु गरी नगरपालिकामा मासिक रिपोर्ट बुझाउँदै आएको बताउनु भयो । मानव बेचबिखन तथा ओसारपसर सम्बन्धि अभियानहरु संचालन गर्न बजेट बिनियोजन गरेको बताउनु भयो । लैगिंक निती प्रदेश कार्यालयमा बनिसकेको हुँदा सो निती पालिकामा आए पछि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
बालबालिका र किशोरकिशोरीहरुका लागि हरेक वर्ष बजेट बिनियोज गरिएको छ भने किशोरीहरुको आवाज लिनका लागि शिवराज नगरपालिकाले किशोरी सम्मेलनको आयोजना गर्ने उपमेयर थारुले बताउनु भयो । सामाजिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि मेयर र वडा अध्यक्षहरुसंग अन्तरक्रिया गर्न आग्रह प्रदेश सरकारसंग अनुरोध समेत गर्नुभयो ।
इन्सेक संग आवद्ध मानव अधिकार प्रदेश संजाल संयोजक पुस्पा रेग्मी , गैर सरकारी सस्था महासंघ लुम्बिनी प्रदेश संयोजक शुसिला बेल्बासे , संचारिक समूहका अध्यक्ष पार्वती आचार्य लगाएतले सिमानाकाका समस्या समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि अभियानहरु संचालन गर्नुपर्ने र स्थानियतहले कार्ययोजना बनाएर बिभिन्न अभियानहरु संचालन गर्नुपर्नेमा जोडदिएका थिए ।
कार्यक्रममा सहभागिहरुले मानव बेचबिखन तथा ओसारपसारमा बजेट विनियोजन गरी अभियानहरु संचालन गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । कार्यक्रममा सहभागिहरुबाट उठेका सवालहरुलाई संबोधन गर्ने माहाशाखा प्रमुख बस्यालले प्रतिवद्धता जनाउनु भयो ।
कानुनी अधिकृत ध्रु्रब भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु जिल्लाका दश स्थानियतहका उपप्रमुखहरु , गाउँपालिकाका उपाध्यक्षहरु , महिला बालबालिका शाखा प्रमुखहरु , मानव बेचबिखन तथा ओसारपसारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु संचारकर्मी लगाएको उपस्थिती रहेको महिला बिकास निरीक्षक कमला भण्डारीले जानकारी दिनु भयो । कार्यालयले सिमानामा जोडिएका जिल्लाहरुमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको कार्यक्रमहरु गर्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित