Rashtriya Dainik

दुबाैलियामा गृहमन्त्री सन्ताेष कुमार पाण्डेयद्वारा महायज्ञ उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ माघ

पश्चिम नवलपरासीकोस सरावल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा आजदेखि श्री श्री १०८ शतचण्डी महायज्ञ सुरु भएको छ ।

दुबाैलिया गाउँबासी एवं श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिकाे आयाेजनामा समितिका अध्यक्ष संदिप यादव (बबलु) काे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा कलशयात्रा शुभारम्भ भएको हाे।

शतचण्डी महायज्ञलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री पाण्डेयले नेपालीहरुको धर्म संस्कृति कलाहरु लोप हुँदै गईरहेकोले यसलाई सबै संरक्षण गरि जोगाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । धर्म संस्कार बिना मानिसको जीवन पुर्ण नरहने भएकोले धर्म संस्कृति र संस्कारप्रति ध्यान दिनुपर्ने स्थानियबासिहरुमा आग्रह गर्नुभयो । मन्त्री पाण्डेयले पर्यटन मन्त्रालय मार्फत धर्मशाला निर्माणका लागि काम अगाडि बढाइने बताउनुभयो । मेराे निर्वाचन क्षेत्र फरक भएपनि समग्र क्षेत्र बिकासका लागि आफू लागि परेको समेत बताउनुभयो ।

महायज्ञमा लुम्बिनी प्रदेशसभा सदस्य बिश्वप्रेम पाठक,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्य , पालिका उपाध्यक्ष बासमति हरिजन,नेपाली काङ्ग्रेस उपसभापति अनिल गाैड, वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरी , नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , समाजसेवी जन्मेजय यादव लगाएतकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित