राष्ट्रिय दैनिक / नवलपरासी ,१६ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं शिव पार्बती मन्दिर निर्माणका लागि महायज्ञ हुने भएको छ ।
सरावल गाउँबासी एवं श्री श्री १०८ शतचण्डी महायज्ञ मुल समितिकाे आयाेजनामा माघ १७ गते देखि २५ गते सम्म महायज्ञ हुने मुल समिति अध्यक्ष महेन्द्र चाैधरीले जानकारी दिनुभएको हो ।
महायज्ञकाे लागि सम्पुर्ण तयारी पूरा भइसकेको अध्यक्ष चाैधरीले जानकारी दिनुभएको हो ।
महायज्ञमा पण्डित बिनाेद त्रिपाठीले संगितमय वाताबरणमा प्रवचन तथा कथाहरु बाचन गर्नुहुने छ । दान गर्नेहरुले ५ सय रुपैयाँ देखि माथी नगद र जमिन समेत प्रदान गर्न सक्ने छन् । महायज्ञबाट संकलित रकमले शिवको मन्दिर निर्माण गरिने लक्ष्य रहेको महायज्ञ मूल समितिले जनाएको छ ।

मूल समितिले सबै महानुभाबहरुलाई महायज्ञमा सहभागि भई दान गरेर पुण्यकमाउन अपिल गरेको छ । समितिले अहिले महायज्ञ आयोजना स्थलको र आन्तरीक तयारीको काम तिव्रगतिमा भैरहेको मूल समितिका संयोजक महेन्द्र चाैधरीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

