देश र जनताका लागि शाहदत प्राप्त गर्ने अमर सहिदको सम्झनामा प्रतापपुर ६ गुठीप्रसौनीमा भव्यताका साथ सहिद दिवस मनाइएको छ।
नेपाली काङ्ग्रेस प्रतापपुर ६ वडा कार्यसमितिको आयोजनामा सहिद दिवस मनाइएको हो।
अमर सहिदहरु गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा,दशरथ चन्द,शुक्रराज शास्त्री सहिदहरुको फोटोमा पुष्पगुच्छा अर्पण सहित माल्यार्पण गर्दै सहिद दिवस मनाइएको थियो।
वडा सभापति ओटिस हरिजनको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले सहिदले देखाएको बाटोमा हिड्नु नै प्रत्येक स्वाभिमानी नेपालीको परम कर्तव्य रहेको बताउनु भयो।
लुम्बिनी प्रदेश सभा सदस्य कलवारले अहिले नेपाली राजनितीमा देखापरेको बेथितिको अवस्थालाई समाप्त गरि नागरिक केन्द्रित राजनीति गरिएमा मात्र सहिद प्रती सहि सम्मान हुने धारणा राख्नुभएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस सुस्ता गाउँ समितिका सभापति रबिन्द्र जैसवाल, प्रतापपुर गाउँपालिका गाउँ कार्य समितिका कार्यवाहक सभापति राजु अधिकारी,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य करम हुसेन अन्सारी,केशव अधिकारी श्रवण कुमार कुशवाह लगायतले सहिद दिवसको महत्वमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा किसान संघ,नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ,दलित संघ लगायत नेपाली काङ्ग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सदस्य संघर्ष जैसवालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

