Rashtriya Dainik

समुदायमा कांग्रेसको अभियान कार्यक्रम शुभारंभ

आरपी उपध्याय / नवलपरासी

नेपाली काङ्ग्रेस समुदायमा कार्यक्रम अन्तर्गत नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ र ७ कार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।
विनयी त्रिवेणी वडा न.७ वडा कार्यसमितिका संयोजक निरन्जन थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नन्दकिशोर रौनियारले समुदायमा काङ्ग्रेस प्रतिको धारणा संकलन गरेर सम्बोधन गर्न भेला केन्द्रित रहने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष प्रकाश कुवरले विगतका मतमतान्तरलाई त्यागेर नयाँ सोच र जागरण अनुसार पार्टीलाई चलायमान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा क्षेत्रीय प्रतिनिधि राजकुमार राई,प्रेम श्रेष्ठ,मनोज रौनियार,सुनिता राई, उत्तम भट्टराई,भाषण राना,धिरेन्द्र रौनियार लगायतले अभियानको परिणामबाट नै पार्टी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको वडा सचिव गिरिधर स्वर्णकारले जानकारी दिनुभएको छ।
यसैगरी ने.का. विनयी त्रिवेणी वडा न.६ त्रिवेणीमा पनि नेपाली काङ्ग्रेस समुदायमा कार्यक्रमको सुभारम्भ भएको छ।
वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा जिल्ला प्रतिनिधि आर.पि. उपाध्यायले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै समुदायमा काङ्ग्रेस अभियानबाट पार्टीमा नयाँ उर्जा प्रवाह हुने बताउदै सामुदायिक गतिविधिहरुमा काङ्ग्रेसको जिम्मेवारी र कर्तव्य अझबढी बोध हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सुर्य बहादुर कुमाल,पिकल थापा, बसन्ता उपाध्याय,जीवन पौडेल लगायतले आफ्नो धारणा राख्नुभएको वडा सचिव डिम्बर बहादुर राउतले जानकारी दिनुभयो।
नेपाली काङ्ग्रेस नवलपुर जिल्ला अन्तर्गत ९२ वटा वडा समितिमा काङ्ग्रेस समुदायमा कार्यक्रमको पहिलो दिन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
माघ १६ गतेदेखि सञ्चालन भएको समुदायमा काङ्ग्रेस अभियान माघ २६ गते सम्पन्न गरिने पार्टी स्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित