Rashtriya Dainik

सशस्त्र प्रहरी पर्साद्वारा ३६ लाख रुपैया बराबरको भन्सार छलीको सामान बरामद

राजन कुमार बानिया
पर्सा १६ माघ

वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित भुटनदेवी मन्दिरपछाडिबाट सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले १० वटा साइकलमा लोड गरी ल्याइँदै गरेको अवस्था मा ३६ लाख ३९ हजार मूल्य बराबरको जुत्ता र कस्मेटिक समान बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा चेक गर्ने क्रममा सीमावर्ती इलाकामा अवैध रूपमा दस वटा साइकलमा लोड गरी ल्याइँदै गरेको जुत्ता र कस्मेटिक समान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले जनाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित