पर्सा ,१६ माघ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वार्ड स्तरिय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ।
सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र सोलखपुर क्रिकेट कल्बको अायोजनामा भएको टि २० क्रिकेट टुनामेन्ट एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष जसवन यादवले फिता काटेर र बैटिंग गरि उद्घाटन गर्नु भएको थियो।
प्रमुख अतिथि रहनु भएका गा.पा अध्यक्ष यादवले उद्घाटन गर्दै भने अब अवस्कता युवाहरुलाई खेलकुदमा मात्र होईन अब देश चलाउनमा पनी युवाको अवस्क्ता रहेको बताए । युवाहरुलाई खेलकुदको साथै रोजगारीको पनी जरुरी रहेको अध्यक्ष यादवले बताए । प्रदेश सरकारले प्रदेशमा खेलाडीहरु उत्पादन गर्न सकिरहेको छैन खेलाडीहरु संग भेदभाव गरि खेलाडीहरुको उर्जा र मनोबललाई समाप्त गर्न खेल गरिरहेको अारोप लगाउन भएको छ। प्रदेश सरकारले कमाउन खाने बाहेक राम्रोकाम गर्न सकिरहेको छैन त्यसै कारण प्रदेश नेतृत्वमा युवाहरुको जरुरी रहेको बताए । अगामी दिनमा सखुवाप्रसौनी गाउँपालिका युवाहरुलाई खेलकुद,कुश्ती लगायत खेलहरुमा प्रशिक्षण दिलाएर युवाहरुलाई अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको छ। युवाहरुको खेलकुदको माध्यमबाट शारीरिक र मस्तिक बिकासको साथै गाउँपालिकाको नाउँ देश बिदेशमा हुन्छ पुर्ण बिश्वास रहेको छ।
सखुवाप्रसौनी गाउँपालिकाका युवाहरुलाई खेलकुदमा प्रोत्साहन र रोजगारी समेत दिने अाफ्फु त्यार रहेको अध्यक्ष यादवले बताए ।
वडा नं ४ सोलखपुरमा भएको टि २० क्रिकेट टुनामेन्ट भएको खेलमा एकडेरवा र डकैलाबहुवरी बिच भएको खेलमा एकडेरवा क्रिकेट टिमले टस जितेर फिल्डिङ रोजेको थियो भने डकैलाबहुवरी टिमले बैटिंग गर्दै अौल बिकेट गुमाई ४५ रन बनाएको थियो । भने प्रतिउतरमा उतरेको एकडेरवा क्रिकेट टिमले ८ बिकेट उमाउदै ४६ रन बनाएर जित हासिल गरेका थिए। खेलको मैनअफदी मैचबिकेश ठाकुरले जितेका छन।सोलखपुर मा भएको टि २० क्रिकेट टुर्नामेन्ट खेलको अध्यक्षता जैनोदिन अन्सारीको अध्यक्षतामा भएको खेलमा वडा अध्यक्ष महम्द अारिफ ,चन्दन सहनी,शिव अोझैया,खलिल मियाँ ,मुसा भाइ,लगायतको सहभागिता रहेको थियो। मंगलबारको खेल सोलखपुर र अौराहा बिच हुने चन्दन सहनीले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

