पर्सा, १६ माघ
उपकार सेवा नेपाल तथा शिवशक्ति घ्यू उधयोग प्रा .ली.जितपुर सिमराको संयुक्त सहयोगमा बिरगंज वार्ड न.७ स्थित श्री माईस्थान बालबिद्या मन्दिर ईन्दु लाखे अधारभुत बिधालयमा अध्यन्नरत २०० जना बालबालिकाहरुलाई स्विटर , टोपी र १० जेाडा जुत्ता सहयोग गरिएको छ।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा तथा शिवशक्ति उधोग तर्फबाट लेखा प्रमुख ललित कुमार शर्मा ,प्रसाशकिय अधिकृत प्रमोद कुमार पटेल ,समाजसेवी अशोक कुस्वाहा, लगायतको टोलि स्कुलकोप्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।
कार्यक्रमा प्र.अ रामाधार साह व्यवस्थापन समीती अध्यक्ष सुदेश लाखे सदस्य लायन नरोतम पाण्डे ,बबिता अधिकारी तथा कार्यक्रम संचालक उमेश गुप्ता समेत उपस्थिति रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

