सुरेश कुमार पांडेय/कपिलबस्तु ५ माघ । भन्सार छली अवैध रुपमा ओसारपोसार न्यून गर्न कपिलवस्तु शस्त्र प्रहरी थप सक्रिय भएको छ । सशस्त्र प्रहरी मर्यादपुरले जिल्लाको रंगपुर नाकाबाट शसस्त्र अवैध रुपमा भन्सार छली रु.२ लाख बढिको बिभिन्न किसिमका औषधी र १० हजार बढीको १ बोरा सुर्ती नियन्त्रणमा लिएको जनाएको छ । भारतबाट लुकाई छिपाई ल्याई रहेका ती अवैध सामाग्री रंगपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ७ जनाको टोलीले रंगपुरको बाटोमा तस्करहरुलाई लखेटदै २ लाख भन्दा बढीकोे औषधी र सुर्ती पक्राउ गरेको हो । उक्त अवैध सामान सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभयो । अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी कपिलवस्तुका सुरक्षाकर्मीले थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।