उमेश बि.क / नवलपरासी ,१५ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा निर्माण हुन लागेको मधेस साँस्कृतिक पार्कलाई ब्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु भएको छ ।
महेशपुर भुतहा सडक खण्ड ललितपुर देखि करिब ८ मिटर पश्चिम पुरानो हुलासी घाेला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई मधेस साँस्कृतिक पार्कको स्वरुप दिनका लागि गाउँपालिकाले डिपिआर बनाउने कार्य शुरु गरेको हो ।

सो स्थानलाई ब्यवस्थित र आकर्षित बनाउनका लागि डिपिआर बनाउने कार्य गाउँपालिकाले शुरु गरेको छ ।

आइतबार साे स्थानमा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी, वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , समाजसेवी इन्द्रकमल यादव , पालिका अध्यक्षकाे स्वकीय सचिव सन्जय माैर्य र पत्रकार उमेश बि.क काे संयुक्त टाेलिले अनुगमन गर्दै डिपिआर बनाउने सुभारम्भ गरिएको हाे।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भन्नुभयो , स्थानियको चाहना र भावनासँगै मिलेर गाउँपालिकाले पनि काम गर्नु पर्छ,भनि त्यसलाई ब्यवस्थित गर्नका लागि डिपिआरको निर्माण गर्न लागिएको हो । डिपिआरमा स्थान र पुर्वाधारको यकिन गरिनुका साथै गुणस्तर पुर्वाधारमा पनि सहयोगी हुने बताउनुभयो । यसका लागि डिपिआर गर्ने टोलीले गाउपालिका,स्थानियबासीसँगै परामर्श गरेर प्राविधिक स्वरुप दिदैछ । यो गाउपालिकाको गौरवको आयोजना पनि हुने बताउनुभयो ।

पार्क भित्र मधेसी समुदायको जन्म देखी मृत्युसम्मको रितिरिवाज, संस्कार र संस्कृतिलाई पनि समावेश गरिने छ । त्यसबारे अन्य अतिआवश्यक मनोरन्जन, अभ्यास, ध्यान, साधना गर्ने स्थल, मधेसीको संस्कृति झल्किने पुर्वाधारहरु पनि बन्ने छन् । त्यो सँगै बाहिरी पर्यटकलाई पनि आकर्षित गर्नका लागि पिकनिक स्पोर्ट, मधेसी समुदायको स्टेचु, मधेसी संस्कृतिका ट्रसहरु, सेल्फी प्वाइन्ट, मधेस संग्रालय, बालउद्यान, उद्यान, खेल मैदान, सभाहल, आधुनिक सौचालय, पाटीपौवा, पार्किगँ स्थल, पर्खाल, प्रवेशद्धार, टिकट काउण्टर, जल भण्डारण, खुल्ला मञ्च, चौतरा, पुस्तकालय, लाईटिगँ जस्ता पुर्वाधारहरु समेटिने छन् ।

त्यसै गरि पार्कको पश्चिममा रहेको खोल्सालाई जल विहारको रुपमा ब्यवस्थित गर्नुका साथै फुटपाथहरु रहने छ । पार्कको क्षेत्रफल करिब सवा २ विघा रहेको र त्यही सिचाई योजना समेत हुदा आकर्षण थप्ने अध्यक्ष चाैधरीकाे भनाई रहेको छ ।

पार्कका पुग्नका लागि ललितपुर स्वास्थ्यचाैकी बनिरहेकाे ठाउँबाट ८ सय मिटर पश्चिम तर्फ जानु पर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

