बिनाेद निगम / नवलपरासी ,१५ माघ
पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ईलाका प्रहरी कार्यालय, बेलाटारीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
अनुगमन तथा निरीक्षणका क्रममा ईलाका प्रहरी कार्यालय, बेलाटारीका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक श्याम प्रकाश यादवले ईलाका प्रहरी कार्यालयको समग्र कामकारवाही सम्बन्धमा ब्रिफिंग गर्नुभएको थियो।

अनुगमन तथा निरीक्षण पश्चात् श्रीमान् प्रमुख जिल्ला अधिकारीले ईलाका प्रहरी कार्यालय, बेलाटारी र यस मातहतका युनिटहरूबाट शान्ति सुरक्षा, सुव्यवस्था र अमनचयन, अपराध अनुसन्धान, अवैध चोरी तस्करी नियन्त्रण एवम् राजस्व चुहावट न्यूनीकरण, सीमा अपराध न्यूनीकरण, सामाजिक अपराध नियन्त्रण र न्यूनीकरण, विपद् व्यवस्थापन, न्यायिक कार्यसम्पादन र फछ्यौट लगायतका कार्यहरूमा भएको सकारात्मक प्रयासहरूको प्रशंसा गर्दै आगामी दिनमा समेत स्व-अनुशासित, स्व-नियन्त्रित, कर्तव्यपरायण एवम् विनयशील भई कानून बमोजिमको जिम्मेवारी पूरा गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।

हाम्रो जस्तो खुला सिमाना भएका जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्दै सीमा अपराध, अवैध निकासी, पैठारी र राजस्व चुहावट न्यूनीकरण गर्ने कार्य चूनौतीपूर्ण रहेको सन्दर्भ उल्लेख गर्दै सरोकारवाला सबैको सहयोग र समन्वयमा सीमा हुने सबै प्रकारका अवैध कारोबारहरू पूर्ण रूपले निरूत्साहित एवम् नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।

साथै, मिटरब्याज लगायतका पछिल्ला समसामयिक विषयहरूमा आमजनताले अनुभूति गर्ने गरी नतिजामूलक ढंगले कार्यसम्पादन गर्न समेत दिशानिर्देश गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

