राजन कुमार बानिया /पर्सा ,१५ माघ
बिधालय , विद्यार्थी गाउँ गाउँहरुमा युवा,र बिधार्थी भाइ बहिनीहरुले मनाइने सरस्वती पूजा फाल्गुन २ गते रहेकोले सरस्वती पुजाको लागि मुर्तीकारहरुले सरस्वती माताको मुर्ति बनाउनमा व्यस्त देखिन्छन।
पर्साको धोबिनी गाउँपालिका वडा न. ४ बखरीका मुर्तीकार सुरेन्द्र बैठाले विगत १५ वर्षदेखी मुर्ति बनाउने काम गर्दै आएका छन् । ‘सिजनअनुसार ठाउँ–ठाउँमा घुमेर मुर्ति बनाउछु’ मुर्तीकार बैठाले भन्छन। कक्षा ८ मा पढ्दै गर्दा मुर्ति बनाउने रुची जागेपछि १२ कक्षा सम्म पढेर अहिले आएर यही नै मुख्य पेशा बनाएर यसैबाट परिवार पाल्दै आएको उनले बताए ।सरस्वती पुजाको लागि ५ हजार देखि १५ हजार सम्मको मुर्ती बनाएर बिक्री बितरण गरेको मुर्तिकार बैठाले जनाएका छन। मुर्तीकार बैठाले भन्छन कि सिजन अनुसार काम हुन्छ ।
सिजनमा सरस्वती पूजा, गणेश पुजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्ण जनमाष्टमीको समयमा मुर्तिको माग हुने गरेको र महायज्ञ हरुमा बिभिन किसिमका मुर्ती हरु बनाउन महायज्ञ हरुमा बोलाएपछी उक्त ठाउँ हरुमा गएर मुर्ती बनाउने काम गरिन्छ । महायज्ञ हरुमा बढि पैसा दिएमा ईलेक्ट्रिक मसिन बाट चलने मुर्तीहरु बनाएर चल्ने मुर्ती बनाउने गर्छु। प्रतेक वर्ष सरस्वती माताको मुर्ती ५० वटा मुर्ति बेचेर २ लाख भन्दा बढि आम्दानी गर्ने गरेको हो।
सरस्वती माताको मुर्ती एकलैको प्रयासमा मुर्ती बनाउन नसकिने हुँदा आफुलाई सघाउनका लागी तिन जना सहकर्मी समेत राखेको उनले बताए । सरस्वती माताको मुर्ती बनाउन तीन देखि चार जना लागछ भने महायज्ञ हरु मुर्ती बनाउन मा १० जना मुर्तीकार सहकर्मी हरुलाई राखेर १० दिन देखि १५ दिन सम्म मुर्ती बनाउने गर्छ। माटो, काठ , पेन्ट,कपडा तथा परालको प्रयोगबाट बनाइने मुर्ती पुर्ण रुपमा सुक्न र निर्माण सम्पन्न हुनका लागी ५ देखी १० दिनसम्म लाग्ने गर्दछन ।
विगतमा कामकै आधारमा विभिन्न जातजातीमा विभाजन गरिएको भन्ने पनि पढ्न पाइन्छ । तर पुर्खयौली पेशा लोभ हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले पनि उनिहरुको सिपको जगेर्ना एवम् संरक्षण गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।सरकारी निकाय हरुले युवाहरुलाई मुर्तीकार लगायत अन्य पेशालाई प्रशिक्षण गराएर रोजरमुल्क बनाएमा युवाहरु बिदेश जान बाट रोकिन्थियो। युवा हरुले यही रोजगारी गरि अाफनो जिवको पार्जन गर्थियो भन्ने मुर्तीकार बैठाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

