कपिलवस्तु ,माघ १४
समृद्ध वाणगंगाको मुल आधार आर्थिक सामाजिक रुपान्तरण सहितको पुर्बाधार भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा सार्वजनिक सुनुवाई गरिएको छ ।
बाणगंगा नगरको आर्थिक बर्ष २०८०÷०८१ को बिकास निर्माण सम्बन्धि कार्य नगरपालिकाको सेवा प्रवाह, सेबाग्राहिको संतुष्टि तथा पारदर्शी वृद्धि गर्ने सम्बन्धि विषयमा सिद्धार्थ क्याम्पसको सभा हल बुङचिमा सार्बजनिक सुनुवाइ कार्यक्रम आईतबार सम्पन्न गरिएको हो ।
सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरुले छाडाचौपाया ब्यबस्थापन, नदिजन्य पदार्थको चोरी निकासी, बिधुत चुहावट, फोहोरमैलाको उचित ब्यवस्थापन, गुणस्तरीय सडक, नगर चक्रपथ, अव्यवस्थित बसोबास, नगर बस संचालन, औद्योगिक क्षेत्र, सार्बजनिक शौचालय, कृषि र पशुपालनको अनुदान शिक्षा, स्वास्थ, सिंचाइको समस्या लगाएतको बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा मेयर चक्रपाणी अर्यालले कार्यक्रमा सहभागिहरुले राखेका जिज्ञासाहरुलाई प्रष्टपार्दे नदिजन्य पदार्थको टेन्डर भै काम भएको अव्यवस्थित बसोबासको सम्बन्धमा सरकारको अस्थिरताको कारण काम हुन नसकेको बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमको उद्देश्य तथा राज्यले संचालन गरेका सेवा प्रवाहलाई मुर्तरुपमा सेवाग्राही नागरिकको सन्तुष्टि प्रदान गर्ने काम कार्यालयबाट हुने गरेको बताए ।
नगरबासीबाट आएका गुनासाहरुलाइृ संबोधन गर्दै छाडा चौपायाको ब्यबस्थापनको विषयमा नगर प्रबक्ता बिस्नु प्रसाद पौडेलले नगरबाट बजेट बिनियोजन भै पशुपंछिको तथ्यांक संकलन भएको र कार्य अगाडि बढेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक प्रतिबेदन र कोषाध्यक्ष मोहन बेल्बासेले बहिर्गमन प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम पत्रकार पार्बती पाण्डेको सहजिकरणमा भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरी , ११ वटा वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु , बिषयगत शाखाका प्रमुखहरु ,वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, राजनीतिक दलका प्रमुख÷प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेकोे थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

