Rashtriya Dainik

बसपार्क सञ्चालनमा नआउँदा अव्यवस्थित पार्किङले दुर्घटना निम्त्याउँदै

बिनोद निगम – अनिल बनिया/ नवलपरासी/ १४ माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्थित रामग्राम बसपार्क बर्षौ बित्दा र पाल्हिनन्दन गाउँपालिका वडा नं १ महेशपुर स्थित महेशपुर बसपार्क महिनौं बितिसक्दा पनि सञ्चालनमा नआएपछि सर्वसाधारणहरुको प्रश्नको शृङ्खला बढ्दै गएको छ।

रामग्राम बसपार्क जाने बाटो साँघुरो साथै खाल्डाखुल्डी भएको भन्दै चालकहरुले गाडी लैजान मानेका छैनन्। सदरमुकामबाट टाढा (एकान्त) नदीको किनारामा अव्यवस्थित ढंगले बसपार्क निर्माण गरेको भन्दै सर्वसाधारणहरुले यो सरकार प्रति गुनासो पोखेका छन्।

त्यसैगरि महेशपुर बसपार्कको निर्माण कार्य सम्पन्न भएको महिनौं बितिसक्दा समेत बसपार्क सञ्चालनमा आउन सकेको छैन। अव्यवस्थित पार्किङले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको छ।

साथै यात्रीहरूलाई गाडी कुर्नका लागि बस्ने ठाउँ समेत नभएकाले असहजता प्रकट गरेका छन। सर्वसाधारण जनता र यहाँका स्थानीय हरु बसपार्क सञ्चालनमा नआउनुको कारण प्रति पटकपटक स्थानीय निकायलाई ध्यानाकर्षण गराउँदा पनि स्थानीय निकायले यस प्रति चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित