Rashtriya Dainik

महाकवि देवकोटा क्याम्पस विद्यार्थीद्वारा अती विपन्न परिवारलाई कपड़ा वितरण

रंजीत शर्मा/ नवलपरासी, १४ माघ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अबस्थित महाकवि देवकोटा क्याम्पसका अध्ययनरत विद्यार्थीद्वारा अती विपन्न परिवारलाई कपड़ा वितरण गरेका छन्।

जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड नं ०६ कटहवाको मुसहर बस्तीमा बसाेबास गर्ने ९६ परिवारका सदस्यलाई विभिन्न प्रकारका जाडो र गर्मी मौसमका कपड़ाहरु वितरण गरेका छन्।

महाकवि देवकोटा क्याम्पसको विद्यार्थी परिषदका सभापती प्रकाश सेन्चुरीको अध्यक्षता तथा प्रतपापुर गाउँपालिका वार्ड नं ०६ का वार्ड अध्यक्ष केशव प्रसाद अधिकारीको प्रमूख अतिथीकतामा एक कार्यक्रम गर्दै वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष केशव अधिकारीले यसरी नै हरेक क्याम्पसलाई आफ्नो सामाजिक दायित्व निभाउदै गरीब दुखियालाई सहयोग गर्नुपर्ने जोड दिन आग्रह गरे।

त्यस्तै कार्यक्रममा सम्वोधन गर्दै विधार्थी परिषदका अध्यक्ष प्रकाश सेन्चुरीले यो वितरण कार्य गर्न धेरै ठाउँबाट सहयोग प्राप्त भए पछि मात्र सम्भव भएको बताए। उनले भने “हामी क्याम्पसका विद्या्थीहरुले आफ्नो गोजीबाट केही रकम तथा स्टाइल सुनवल फैशन कलेक्सन र ई स्टोर नेपालको केही सहयाेगमा यो वितरण कार्यक्रम गरिएको बताए”।

कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका विधार्थी बिनय कुमार मिश्र, बादल थापा मगर, शिशिर शर्मा,बिकाश अधिकारि तथा स्थानिय सहयोगि यूवा राहुल गुप्ता तथा राम क्रिपाल गुप्ताको उपस्थिती रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित