राष्ट्रिय दैनिक / नवलपरासी , १३ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा अवस्थित नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाकाे पाचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको सभापति भोलेनाथ कोइरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे।

साधारण सभाले संस्थाको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। यसका साथै साधारण सभाले बालपुरी अक्षयकोष स्थापना गरेको छ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले रेडक्रस जस्तो सामाजिक कार्यमा लाग्ने सबै महानुभावहरु निस्वार्थ भएर लाग्न आग्रह गर्नुभयो । अरुको दुःख पीडामा सहयोगी बन्नसक्ने मान्छे नै खास मान्छे भएको चर्चा गर्दै मानवीय सहयोग गर्नुपर्ने हरेक क्षेत्रमा रेडक्रसको अग्रसरता देखिएको उहाँको भनाइ रहेको थियो । अध्यक्ष चाैधरी आफू पहिलेदेखि रेडक्रसमा रहेर विभिन्न रचनात्मक काम गरेको चर्चा गर्दै यश बालपुरी उपशाखाले अक्षयकोष स्थापना गरेर स्राहनिय काम गरेको प्रशंसा ब्यक्त गर्नुभयो । रेडक्रसका पदाधिकारी राम्रो काम गरिरहेकाले आगामी दिनमा पनि रचनात्मक कामहरुलाई अगाडी बढाउन आग्रह गर्दै पालिकाबाट हुने सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै साधारणसभामा रेडक्रस जिल्ला सभापति राजेन्द्र अग्रहरी,रेडक्रस लुम्बिनी प्रदेश काेषाध्यक्ष हैदर अलि माेमिन , सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष उत्तमा राय , वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , पत्रकार उमेश बि.क लगाएतले मानवीय सेवा रेडक्रसको मूलमर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाकाे उपसभापति ओम कुमारी चाैधरीकाे स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाकाे कार्यक्रम सचिव ईन्द्र कमल यादवले सन्चालन गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

