आरपि उपाध्याय / नवलपरासी ,१३ माघ
प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले शिक्षा र खेलकुदको माध्यमबाट पनि देशको शिर ठाडो पार्न सकिने बताउनु भएको छ।
प्रतिनिधि सभा सदस्य चौधरीले व्यक्तिको अन्तर्निहित सीप र प्रतिभालाई कुनै पनि देशको भुगोलले छेक्न नसक्ने बताउदै जनताबाट निर्वाचित भइ सकेपछि आफू पदिय जिम्मेवारी र नागरिक प्रती उत्तरदायी पुर्वक अगाडि बढिरहेको जिकिर गर्नुभयो।

प्रतापपुर गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर विद्यालय पाँचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले सो कुरा बताउनु भएको हो।
सान्सद चौधरीले राजनीति सहि दिशामा नगए विकास हुनै नसक्ने ठोकुवा गर्दै निर्वाचनको समयमा जनता सङ्ग गरिएको प्रतिबद्धतालाई ५ वर्षभित्र पूरा गरेरै छोड्ने वचन बद्दता पनि दोहर्याउनुभयो।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पासी,प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र कुमार यादव, शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगाना लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
गणेश मा.वि. जगन्नाथपुरको खेल मैदानमा आयोजना भएको खेलकुद प्रतियोगितामा मा.वि. तर्फ १८, आधारभुत तर्फ ११ र प्रा.वि. तर्फ १० खेल हुने आयोजकले जानकारी दिएको छ।

“स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजन भएको खेलकुद प्रतियोगितामा ५२ विद्यालयका ३५० खेलाडी विद्यार्थीहरुको सहभागीता रहेको गणेश मा.वि. जगन्नाथपुरका प्र.अ. दिलिप शर्माले जानकारी दिनुभएको छ।
प्रतापपुर गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन रहने आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

