नवलपरासी , १३ माघ । पश्चिम नवलपरासीको प्रतापपुरमा आज देखी प्रतापपपुर , पालिका स्तरीय पाचौं आधारभुत तह तथा दोस्रो राष्ट्रपति रिनिङशिल्ड खेलकुद प्रतियोगीताको शुरु भएको छ । खेलकुद प्रतियोगीताको एक कार्यक्रम विच उद्योगपति एवंम् संघीय सांसद बिनोद चौधरीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै सांसद चौधरीले एउटा जिम्मेवार जनप्रतिनिधीको हैसियतले जिल्लाको गाम्रीण क्षेत्रको चौतर्फी विकासमा आफुले स्थानिय तह , प्रदेश सरकार साथै संघीय सरकार संग आवश्यक समन्वय गदैै आएको बताउनुभयो । खेल क्षेत्रको कुनै भेग र परिधी नहुने भएकाले शिक्षालाई आधुनिकता संगै संचार र प्रविधी संग जोड्दै लैजानुपर्ने बताउनुभयो ।

सोही अवसरमा बोल्दै सांसद चौधरीले शिक्षालाई सिप संग र सिप लाई रोजगारी तर्फ जोड्ने काममा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पांच बर्षको अवधिमा आफु यस क्षेत्रको चौतर्फी विकासमा उत्कृष्ट काम गर्ने बताउनुभयो ।

प्रतियोगीतामा प्रतापपुर गाउंपालिका अन्तर्गतका सामुदायीक , धार्मिक , मदरसा तथा संस्थागत गरी ५१ वटा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगीतामा प्रतिनिधित्व जनाएका छन् । प्रतियोगीतामा दौड ,रिले दौड , सटपुट, हाईजम्प , लमजङ्ग , जेबीलिङ्ग (भाला फाल्ने ), भलिवल , व्याटमिन्टन , कवड्डी लगायतका विबिध खेलमा बिद्यार्थी बिच प्रतिष्पर्धा हुने छ ।

सो अवसरमा प्रतपपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादव , बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम पासी , प्रतापपुर वडा न ७ का वड अध्यक्ष हरेन्द्र यादव लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो । प्रतियोगीता आगामी माघ १७ गतेसम्म चल्ने छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

