Rashtriya Dainik

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल

कृष्णनगर , माघ १३

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक
निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने लगायत सवारी नियम उलंघन गर्ने व्यक्ति लाई सचेत गरिनुका साथै कार्वाही समेत गर्दै आएको छ।

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८०/८१ मा हाल सम्म छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल भएको छ। सवारी नियम उलंघन गरेका पांच हजार चार सय (५,४००/-) सवारी साधन बाट उक्त राजस्व संकलन भएको ट्राफिक कार्यालय कृष्णनगरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिनुभयो।

चालु आर्थिक बर्षमा सवारी साधन हरूले ट्राफिक नियम उलंघन गरिए वापत राजस्व संकलन गरिएको लगभग चार हजार भन्दा बढी चालक, यात्रु, पैदल यात्री लगायत सड़क प्रयोगकर्ता हरूमा ट्राफिक जनचेतना, ट्राफिक ऐन नियम, दुर्घटना र क्षति सम्बंधमा जानकारी गराइ सचेत
गराइएको तथा कृष्णनगर क्षेत्रमा चल्ने टेम्पो चालक लाई टेम्पोको दायां साइडमा बार लगाउन लगाइएको, बिना हेलमेट बाइक चलाउन निरूत्साहित गरिएको, सवारी दुर्घटना पूर्ण रूपमा नियन्त्रण गर्न हरेक सम्भव प्रयास गरिदै आएको कृष्णनगर ट्राफिक कार्यालय प्रमुख प्रहरी
बरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले बताएका छन्।

मित्र राष्ट्र भारत बाट आउने पर्यटक हरूमा सड्क नियम कानूनको बारे जानकारी गराइएको र उक्त जानकारीले भ्रमण गर्न आएका पर्यटक हरूलाई सहज भएको भारतीय पर्यटक हरूको भनाई रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित