आरपि उपाध्याय / नवलपरासी ,१३ माघ
विनयी त्रिवेणी सिमापार भारत बिहार बाल्मिकी नगरमा भारतीय संविधान जारी भएको ७५ औं समारोह भव्यताका साथ सम्पन्न भएको छ।
बिहारको बाल्मिकी नगर थानाले एक कार्यक्रमको आयोजना गरि भारतीय संविधान जारी गरि वार्षिकोत्सब समारोह मनाएको हो।
संविधान दिवस समारोहमा थाना प्रमुख प्रहरी इन्सपेक्टर बिजय कुमार रायको प्रमुख आतिथ्यतामा झण्डो तोलन सहितको कार्यक्रममा उद्घाटन गर्दै प्रहरी इन्सपेक्टर रायले भारतीय संविधानले नागरिकलाई दिएको अधिकारबाट नै भारत समृद्धिको बाटोमा बढिरहेको बताउदै नेपाल भारतको सम्बन्ध पनि पहिले भन्दा झनै बलियो हुँदै गइरहेको जिकिर गर्नुभयो।

प्रमुख अतिथि रायले नेपाल भारत सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न दुबै देशका स्थानीय सुरक्षा अधिकारीहरु मिलेर कार्य गर्दै आएको पनि धारणा राख्नुभयो।
भारतीय संविधान दिवसको अवसरमा बिहार बगाहा पुलिस अन्तर्गत बाल्मिकी नगर थानाले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका १ निवासी ८५ वर्षीय जेष्ठ महिला नेपाली नागरिक हरीमायालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

२६ जनवरीको भारतीय संविधान दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी.का प्रतिनिधि इ.प्र.का. त्रिवेणीको प्रतिनिधिहरुको पनि उपस्थिति रहेकोे थियो।
कार्यक्रममा ख्याति प्राप्त सर्जन डा. राजु प्रसाद,बाल्मिकी नगर पन्चायतका मुखिया पन्ना लाल,भारतीय कष्टम अधिकृत रबिन्द्र कुमार,नेपाल भारतका सञ्चारकर्मी तथा स्कुलका छात्रछात्राहरु को पनि उपस्थिति रहेको बताइएको छ।

त्यसैगरी भारतीय अर्ध सनिक बल एस.एस.बि. २१ औं बटालियन बाल्मिकी नगर बि.ओ.पि. ले पनि गण्डक ब्यारेज पारी ७५ औं संविधान दिवस मनाएको छ।
सो अवसरमा सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पि. का जुनियर अधिकृत र जवानहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा भारतीय अर्ध सैनिकले सशस्त्र प्रहरी बलका जुनियर अधिकृतलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

