Rashtriya Dainik

पाल्हिनन्दनमा शीतलहरबाट प्रभावितपरिवारलाई कम्बल वितरण

राष्ट्रिय दैनिक /नवलपरासी ,१२ माघ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा शीतलहरबाट प्रभावित परिवारलाई कम्बल वितरण गरिएको छ ।

चिसो र सितलहर बढेसंगै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वय, यूनिसेफ नेपाल लुम्बिनी प्रदेशको सहयोग र पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा शीतलहरबाट प्रभावित अति विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो ।

कम्मल वितरण गर्दै गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले अत्याधिक चिसोका कारण कष्टकर जीवन विताउन बाध्य अति विपन्न नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताउनुभयो । सबै वडाबाट गरि पचास जनालाई कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले गाउँपालिकाले शीतलहर शुरु भएसँगै जाडोबाट प्रभावित नागरिकलाई जोगाउन प्रत्येक वडामा एक सय जनाको दरले छ वटा वडाका ६०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको बताउँदै अपुग भएका नागरिकलाई रेडक्रसको समन्वयमा आज थप पचास वटा कम्बल वडा कार्यालयबाट प्राप्त भएका नामावलीको आधारमा वितरण गरिएको जानकारी दिनुभयो । यसले केही भएपनि जाडोको मौसममा राहतको महशुस हुने उहाँले बताउनुभयो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले रेडक्रसले विपद्‌को समयमा नागरिकलाई बचाउन सहयोग गर्दै आएको बताउनुभयो । शीतलहर होस् वा बाढी डुबानको समयमा रेडक्रस सँधै प्रभावित नागरिकको सहयोगमा तत्पर रहँदै आएको बताउँदै उहाँले दातृ निकायबाट सहयोग लिएर वितरण गरिएको कम्बलको दुरुपयोग नगरि सही रुपमा सदुपयोग गरि जाडोबाट जोगिन आग्रह गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित