Rashtriya Dainik

धर्म र संस्कृति जगेर्ना भावि पुस्ताका लागि आवश्यक : पालिका अध्यक्ष चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ माघ

कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ तसर्थ धर्म र संस्कृति जगेर्ना भावि पुस्ताका लागि आवश्यक रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौमधरीले बताउनुभयो ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ बडसारमा शिव पार्वती मंदिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले अयाेध्यामा श्रीराम चन्द्रकाे प्राणप्रतिष्ठाकाे कार्यक्रमकाे प्रभाव नेपालमा पनि देखिएकाे बताउनुभयो । मन्दिर निर्माणका लागि वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता र चन्द्र कुमार गुप्ताकाे याेगदान महत्त्वपूर्ण रहेकाे र यसमा समग्र टाेलबासीकाे सहयोग साथ स्राहनिय रहेकाे भन्दै प्रशंसा गर्नुभएको थियो । यहाँका गाउँसमाजले राम्रो कामको थालनी गर्नुभएको प्रशंसा ब्यक्त गर्दै यश मन्दिर निर्माणका लागि पालिकाबाट सहयोग साथ दिने प्रतिबद्धता जनाउनुभयाे।

मन्दिर निर्माण समितिका अध्यक्ष चन्द्र कुमार गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा सरावल गाउँपालिका वडा नं. ६ बडसारमा शिव पार्वती मंदिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित