राष्ट्रिय दैनिक / नवलपरासी ,१२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा अवस्थित नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाद्वारा कम्बल वितरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको सभापति भोलेनाथ कोइरीको अध्यक्षता तथा नेपाल रेडक्रस साेसाइटी जिल्ला अध्यक्ष राजेन्द्र अग्रहरीकाे प्रमुख आतिथ्यतामा बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता ब्यक्तिहरुलाई परिवारको ब्यक्तिलाई कम्बल वितरण गरिएको हो।

कम्बल वितरण गर्दै रेडक्रस अध्यक्ष अग्रहरीले विपन्न वर्गका नागरिकलाई जोगाउने दायित्व सबैको रहेकोले यश मानवता काममा रेडक्रस अगाडि रहेको बताउनुभयो । आफूहरू ज्येष्ठ नागरिकहरू प्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो ।

त्यस्तै बालपुरी अध्यक्ष माैर्यले चिसो बढ्दैजादा बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता ब्यक्तिलाई जाडो छल्न सहज होस भनी कम्मल वितरण गरेको बताउदै अगामी दिनमा यस्तै सहयोग गरिरहने बताउनु भएको हो। ज्येष्ठ नागरिकको उचित हेरचाह र स्वास्थ्यको चिन्ता गरेर नै कम्मल वितरण गरिएको बताउनुभयो ।

कम्बल सरावल गाउँपालिका वडा नं. १ देखि ४ भित्रका २० बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता भएको ब्यक्तिलाई वितरण गरिएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

