Rashtriya Dainik

सरावल ६ बडसारमा शिव पार्बती मन्दिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ बडसारमा शिव पार्वती मंदिर निर्माणका लागि भूमि पूजन तथा शिलान्यास गरिएको छ।

शुक्रबार सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मन्दिरको शिलान्यास गर्नुभएको हो ।

मन्दिर निर्माण समितिका अध्यक्ष चन्द्र कुमार गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्मलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले अयाेध्यामा श्रीराम चन्द्रकाे प्राणप्रतिष्ठाकाे कार्यक्रमकाे प्रभाव नेपालमा पनि देखिएकाे बताउनुभयो । मन्दिर निर्माणका लागि वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता र चन्द्र कुमार गुप्ताकाे याेगदान महत्त्वपूर्ण रहेकाे र यसमा समग्र टाेलबासीकाे सहयोग साथ स्राहनिय रहेकाे भन्दै प्रशंसा गर्नुभएको थियो । कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ तसर्थ धर्म र संस्कृति जगेर्ना भावि पुस्ताका लागि आवश्यक रहेको बताउनुभयो । यहाँका गाउँसमाजले राम्रो कामको थालनी गर्नुभएको प्रशंसा ब्यक्त गर्दै यश मन्दिर निर्माणका लागि पालिकाबाट सहयोग साथ दिने प्रतिबद्धता जनाउनुभयाे।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले स्थानीयकाे धार्मिक जाेस जागरले हिन्दुत्व कायम रहिरहने कुरा राख्नुभएको थियो । नयाँ युवा पिडिले पुरानो धार्मिक संस्कार र रितिरिवाज सिक्न जरुरी रहेकोले यस्ता मठ मन्दिरकाे स्थापनाले धार्मिकता कायम रहिरहने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा सरावल गाउँपालिका वडा नं. ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , नेपाली काङ्ग्रेस उपसभापति अनिल गाैड , सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष उत्तमा राय , समाजसेवी इन्द्रकमल यादव,किष्ण चाैधरी लगाएत ब्यक्ताले आ आफ्नाे धारणा राख्नुभएको थियोे ।
दुई कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त स्थानमा जिर्ण अवस्थामा रहेको शिवपार्वतीको पूरानो मन्दिर रहेको छ ।

नयाँ मन्दिर निर्माणसँगै यस क्षेत्रमा पर्यटक आकर्षण गर्ने गरि पूर्वाधार निर्माण गर्न स्थानीयवासी समेत लागि परेका छन।

रु पचास लाखको लागतमा त्यहाँ निर्माण हुने मन्दिर, धर्मशाला, प्रतिक्षालय, ईन्टरलक, मार्बल सहितका संरचना निर्माणका लागि वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको छ । स्थानीयको श्रमदान र केही समय अघि गरिएको महायज्ञबाट संकलिन रकम समेत समावेश गरि मन्दिर निर्माण गरिने बताईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित