Rashtriya Dainik

विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी भन्सार कार्यालयले ७२ औं भन्सार दिवस मनायाे

आरपि उपाध्याय / नवलपरासी ,१२ माघ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी भन्सार कार्यालयले ७२ औं भन्सार दिवस मनाएको छ।
गण्डकी प्रदेशको भारतसँग जोडिएको एकमात्र नाकामा स्थित त्रिवेणी भन्सार कार्यालयले सरोकारवाला निकायको उपस्थितिमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको हो।
त्रिवेणी भन्सार अधिकृत बिमल कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न. ७ का वडाध्यक्ष उमेश कार्कीले भन्सार कार्यालयलाई चलयमान गराउन राष्ट्र सेवक कर्मचारीको साथै समाजप्रति उत्तरदायी भएका व्यक्तिहरु पनि सकृयताका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा विनये त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाह,नेकपा एमालेका हरि ज्ञवाली,सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपिका सशस्त्र प्रहरी निरीक्षक मनि कुमार पल्ली मगर, विश्वमर्दन शाह,मनोज कुमार रौनियार लगायतले आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा भन्सार अधिकृत श्रेष्ठले २०७६ सालमा स्थापना भएको त्रिवेणी भन्सारको विगत र हालको गतिविधि सहित आयात,निर्यात र राजस्व असुली को अवस्थाबारे जानकारी गराउनु भएको थियो।


अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवेणी भन्सार कार्यालयमा उत्कृष्ट कार्य गर्ने ना.सु. चण्डीराज गेलाललाई कदरपत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो।
सो अवसरमा सिमापार भारत विहार बाल्मिकी नगर कष्टम इन्सपेक्टर रवेन्द्र कुमार,नेपाल भारतका स्थानीय सुरक्षा निकायका प्रमुखहरु र स्थानीय व्यापारीहरुको पनि उपस्थिति रहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित