आरपि उपाध्याय / नवलपरासी ,१२ माघ
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको छैठौं वार्षिक साधारणसभा विनयी त्रिवेणी ६ को त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको छ।
त्रिवेणी धाम उपशाखा सभापति रन्नता काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका ६ का वडाध्यक्ष नुरेन्द्र शाहले रेडक्रसलाई चलयमान गर्न सामुहिक सहकार्य सहितको कार्यसमितिको एजेन्डा अनुसार अगाडि बढ्न सुझाव दिदै पवित्र भावना अनुसार गठन भएको रेडक्रसलाई मन, कर्म,वचनबाट पवित्र भएर सञ्चालन गरिएमा गन्तव्यमा पुग्न सहज हुने धारणा राख्नुभयो।

साधारणसभामा नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति ऋषि कंडेलले आपत,विपद,दु:ख र कष्टको समयमा मानवीय सेवा कार्य नै रेडक्रस भएकोले यो पवित्र संस्थालाई चलाउने पनि पवित्र र स्वच्छ हुनुपर्ने जिकिर गर्नुभयो।
सो अवसरमा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषाल,नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा सभापति बाबुराम कंडेल,सञ्चारकर्मी आर.पि. उपाध्याय,सन्तोष रौनियार लगायतले रेडक्रस सोसाइटीको गतिविधिमाथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक सरीता शर्माले जानकारी दिनुभएको छ।
साधारणसभामा उपशाखा सभापति काफ्लेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष रामकाजी खड्काले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

२०७४ सालमा स्थापना भएको त्रिवेणी धाम उपशाखामा हाल २९६ साधारण सदस्य रहेका छन भने आगामी वर्षमा ५०० साधारण सदस्य बनाउने उपशाखाको लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

