राष्ट्रिय दैनिक / नवलपरासी , १२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा हुने महायज्ञको तयारी तिब्र पारिएको छ ।
सरावल गाउँबासीकाे सहयोगमा यही माघ १७ गते देखि २५ गते सम्म श्री श्री १०८ शतचण्डी महायज्ञ संचालन गर्न लागेको महायज्ञको तयारी तिब्र परिएको हो ।

महायज्ञ सफल बनाउन मण्डब तयार , गेट तयार एवं प्रचार प्रसार तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका संयोजक महेन्द्र चाैधरीले जानकारी दिनुभयो ।

महायज्ञ संचालनका लागि महायज्ञस्थल सरसफाईका साथै कलस सजावट अन्य कामहरु भईरहेको उहाँले बताउनुभयो ।

शिव पार्बती निर्माण तथा मन्दिर बिकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गर्नुभएको छ ।

मुल समिति संयोजक चाैधरीले महायज्ञ सफल गर्न सबैमा आग्रह गर्नुभएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

