Rashtriya Dainik

त्रिभुवन नमुना मा.वि वेलाटारीले आयोजना गर्यो विज्ञान तथा प्रविधि मेला

नेपालमा बिरलै यस्तो भेटिने विद्यालय जुन महेन्द्र राजमार्गबाट १४ किलो मिटर दक्षिणमा रहेको त्रिभुव नमुना मावि यस क्षेत्रकै ऐतिहासिक ठाउँ बेलाटारीमा रहेको हामी सबैलाई भन्नु पर्दैन ।

बि.स.२००९ सालमा स्थापनाभई विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्था सम्म आइपुगेको छ भनी भनिरहनु पनि पर्दैन । त्रिभुवन मावि आजको अवस्था सम्म आईपुग्न थुप्रै कर्मठ व्यक्तित्वहरुको तपस्या र सदास्यता रहेको छ । विश्वको शैक्षिक इतिहास कोटयाउदाँ पुर्वीय अगाडी रहेको र नालान्दा विश्व विद्यालयबाट शिक्षाको ज्योति फैलिएको भन्ने कुरा ऐतिहासिक कुरा हो ।

त्यस्तै यस क्षेत्रको लागि त्रिभुवन मा.वि बेलाटारी कुनै नालान्दा भन्दा कम छैन भन्दा अतियोक्ति नहोला । नेपालमा राणा शासनको शैक्षिक इतिहास कोटआइरहनु पनि पर्दैन होला । राणा शासन कालमा नेपालमा शिक्षाको अवस्था कस्तो थियो त्यो पनिभन्नु पर्दैन होला । तर यो भन्नु पर्छ राणा शासनको अन्त्यको तिन बर्ष पछि यो विद्यालयको जन्मभयो । आर्थात शिक्षाको अन्धकारको अवस्थामा पनि शिक्षाको ज्योति बाल्ने काम बाल्मिकीआश्रम र नारायणी नदी को नजिकै रहेको त्रिभुवन मावि बेलाटारीले गरेको थियो र त्यसको यात्रा जारी छ । शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको त्रिभुवन नमुना मा.वि.ले आफ्नो अनवरत यात्रा जारी राखेको छ ।

लाखौ विद्यार्थीहरु अध्ययन गरेको यस सँस्था आज नेपालको एक अब्बल शैक्षिक सँस्थाबन्दै गरेको छ भन्दा कुनै अतियोक्ति नहोला । यो शैक्षिक सँस्थाले थुप्रै बिद्वान , प्रशासक तथा विभिन्न क्षेत्रका मानिसहरु जन्माएको छ । त्यसै क्रममा त्रिभुवन नमुना मावि ले ७१ औ बार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । यसै क्रममा विद्यलयले विज्ञान तथा प्रविधि प्रर्दशनी सन्चालन गरेको छ । यो शैक्षिक सँस्था अरु शैक्षिक सँस्था भन्दा विभिन्न तवरले फरक छ भनी प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले तथा विभिन्न वक्ताहरुले आफ्नो मनत्वयको क्रममा भन्नुभयो ।

त्यही क्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले यस गा.पाभित्र अध्ययनरत १४ हजार विद्यार्थीहरुको भविष्यप्रति चिन्तित रहेको उल्लेख गर्नुभयो । साथै यो गाउँपालिकाको समग्र विकासको लागि निरन्तर लागिरहेको र आफुले अध्ययन गरेको विद्यालय भएर पनि यो विद्यालयको विकास तिव्र होस भनी शुभकामना दिनुभयो । यस क्षेत्रको लागि शैक्षिक धरोहरको रुपमा स्थापित शैक्षिक सँस्था हो भनी विभिन्न शैक्षिक अगुवाहरुले भन्नुभयो । पछिल्लो समयमा हेर्ने हो भने कताकता नैतिकता, सँस्कार ,सहयोग ,आचरण जस्ता कुराहरुको कमी भइरहेको छ भनी त्यस्ता भावनाहरुको बालबालिकाहरुको मन मष्तिष्कमा विकास होस भनी विभिन्न व्यक्तित्वहरुले जोड दिनुभयो ।

यसै गरी विद्यालयका सहायक प्रधानाध्यापक आत्मराम ढकाल सर स्वागत मन्तव्य राख्नुभएको थियो । यस विद्यालयका प्रधानाध्यापक नारद ठाकुरले विद्यालयको गतवर्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसैगरी सोही विद्यालयका शिक्षक प्रतिनिधि तथा शैक्षिक अगुवा भोला प्रसाद चौधरीले सिकाई उपलब्धि बढाउनको लागि अभिभावकको निगरानी तथा कर्तव्य महत्वपुर्ण रहेको बताउनुभयो ।

यस विद्यालयमा अँग्रेजी माध्यमबाट पढाई हुनुको साथै यहाँकक्षा (९—१२) मा इलेकट्रिकल कक्षा सन्चालनहुदै आएको छ । अध्यापनको क्रममा प्रयोगात्मकमा अधारित शिक्षाप्रदानमा यस विद्यालयले जोड दिदै आएको छ । यसैगरी यहाँ ११ र १२ अन्र्तगत विज्ञान, वाणिज्य , मानविकी र शिक्षा पढाई भइरहेको छ । त्यति मात्रै नभई यस विद्यालयले विद्युत मा १५ महिने प्रि डिप्लोमा पनि अध्यापन गराइरहेको छ । दिनप्रतिदिन यस विद्यालयमा अध्ययनको लागि चाप बढदै गईरहेको छ ।अहिले यस विद्यालयमा नवलपरासी पश्चिममा सबैभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।


विश्वबजारमा बढ्दो प्रविधि सँगै त्रिभुवन मावि ले पनि अध्यापनको क्रममा प्रविधिमैत्री कक्षा सन्चालनमा जोड दिएको छ । त्यति मात्रै नभई शिक्षणमा नयाँ नयाँ प्रविधि प्रयोगमा जोड दिदै आएको छ ।

✍️बलिराम गुप्ता

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित