नेपालमा बिरलै यस्तो भेटिने विद्यालय जुन महेन्द्र राजमार्गबाट १४ किलो मिटर दक्षिणमा रहेको त्रिभुवनमावि यस क्षेत्रकै ऐतिहासिक ठाउँ बेलाटारीमा रहेको हामी सबैलाईलाई भन्नु पर्दैन ।
बि.स.२००९ सालमा स्थापनाभई विभिन्नआरोह अवरोह पार गर्दै आजको अवस्था सम्म आइपुगेको छ भनीभनिरहनु पनिपर्दैन । त्रिभुवन मावि आजको अवस्था सम्म आईपुग्नथुप्रै कर्मठ व्यक्तित्वहरुको तपस्या र सदास्यता रहेको छ । विश्वको शैक्षिक इतिहास कोटयाउदाँ पुर्वीय अगाडी रहेको र नालान्दा विश्वविद्यालयबाट शिक्षाको ज्योति फैलिएको भन्ने कुरा ऐतिहासिक कुरा हो ।

त्यस्तै यस क्षेत्रको लागि त्रिभुवन मावि बेलाटारी कुनै नालान्दाभन्दा कम छैन भन्दा अतियोक्तिनहोला । नेपालमा राणा शासनको शैक्षिकइ तिहास कोटआइरहनु पनि पर्दैन होला । राणा शासनकालमा नेपालमा शिक्षाको अवस्था कस्तो थियो त्यो पनिभन्नु पर्दैन होला । तर यो भन्नु पर्छ राणा शासनको अन्त्यको तिनबर्ष पछि यो विद्यालयको जन्मभयो । आर्थात शिक्षाको अन्धकारको अवस्थामा पनि शिक्षाको ज्योतिबाल्ने कामबाल्मिकीआश्रम र नारायणी नदी को नजिकै रहेको त्रिभुवनमावि बेलाटारीले गरेको थियो र त्यसको यात्रा जारी छ ।शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको त्रिभुवननमुना मावि ले आफ्नो अनवरत यात्रा जारी राखेको छ ।

लाखौ विद्यार्थीहरु अध्ययन गरेको यस सँस्थाआज नेपालको एक अब्बल शैक्षिक सँस्थाबन्दै गरेको छभन्दाकुनै अतियोक्तिनहोला । यो शैक्षिक सँस्थाले थुप्रै बिद्वान , प्रशासकतथाविभिन्न क्षेत्रकामानिसहरु जन्माएको छ । त्यसै क्रममा त्रिभुवन नमुना मावि ले ७१ औबार्षिकोत्सव र अभिभावकदिवस मनाएको छ । यसै क्रममाविद्यलयले विज्ञान तथाप्रविधिप्रर्दशनी सन्चालन गरेको छ । यो शैक्षिक सँस्था अरु शैक्षिक सँस्था भन्दा विभिन्नतवरले फरक छ भनी प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले तथा विभिन्न वक्ताहरुले आफ्नो मनत्वयको क्रममाभन्नुभयो ।

त्यही क्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले यस गापाभित्र अध्ययनरत १४ हजार विद्यार्थीहरुको भविष्यप्रति चिन्तित रहेको उल्लेख गर्नुभयो । साथै यो गाउँपालिकाको समग्र विकासको लागि निरन्तर लागिरहेको र आफुले अध्ययन गरेको विद्यालयभएर पनि योविद्यालयको विकास तिव्रतर होस भनी शुभकामना दिनुभयो । यस क्षेत्रको लागि शैक्षिक धरोहरको रुपमा स्थापित शैक्षिकसँस्थाहो भनीविभिन्न शैक्षिक अगुवाहरुले भन्नुभयो । पछिल्लो समयमा हेर्ने हो भने कताकता नैतिकता, सँस्कार ,सहयोग ,आचरण जस्ता कुराहरुको कमीभइरहेको छ भनीत्यस्ताभावनाहरुको बालबालिकाहरुको मनमष्तिष्कमाविकास होस भनी विभिन्न व्यक्तित्वहरुले जोड दिनुभयो ।

यसै गरी विद्यालयका सहायकप्रधानाध्यापकआत्मराम ढकाल सर स्वागतमन्तव्य राख्नुभएको थियो । यस विद्यालयका प्रधानाध्यापक नारद ठाकुरले विद्यालयको गतवर्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसैगरी सोही विद्यालयका शिक्षक प्रतिनिधितथा शैक्षिक अगुवाभोला प्रसाद चौधरीले सिकाई उपलब्धि बढाउनको लागि अभिभावकको निगरानी तथा कर्तव्य महत्वपुर्ण रहेको बताउनुभयो ।
यस विद्यालयमाअँग्रेजी माध्यमबाट पढाई हुनुको साथै यहाँकक्षा (९—१२) मा इलेकट्रिकल कक्षा सन्चालनहुदै आएको छ । अध्यापनको क्रममा प्रयोगात्मकमा अधारित शिक्षाप्रदानमा यस विद्यालयले जोड दिदै आएको छ ।यसैगरी यहाँ ११ र १२ अन्र्तगत विज्ञान, वाणिज्य , मानविकी र शिक्षा पढाई भइरहेको छ । त्यति मात्रै नभई यस विद्यालयले विद्युत मा १५ महिने प्रि डिप्लोमा पनिअध्यापन गराइरहेको छ । दिनप्रतिदिन यस विद्यालयमा अध्ययनको लागिचाप बढदै गईरहेको छ ।अहिले यस विद्यालयमा नवलपरासी पश्चिममा सबैभन्दा बढीविद्यार्थीहरु अध्ययनरत छन् ।

विश्वबजारमा बढ्दो प्रविधि सँगै त्रिभुवनमावि ले पनिअध्यापनको क्रममा प्रविधिमैत्री कक्षा सन्चालनमा जोड दिएको छ । त्यति मात्रै नभई शिक्षणमा नयाँ नयाँ प्रविधि प्रयोगमा जोड दिदै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

