Rashtriya Dainik

शिव पार्बती मन्दिर निर्माणका लागि माघ १२ गते बटसारमा भूमि पूजन हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,१० माघ

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ बटसारमा शिव पार्वती मंदिर निर्माणका लागि भूमि पूजन हुने भएको छ।

माघ १२ गते शुक्रबारको दिन बिहान १० बजे भूमि पूजन हुने शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार गुप्ताले जानकारी दिनुभएको छ।

पहिला मन्दिर रहेको र मन्दिर जिर्ण भइसकेपछि नयाँ शिव पार्बती मन्दिर निर्माणका लागि शिलान्यास हुने अध्यक्ष गुप्ताले जानकारी दिनुभएको हाे।

शिव पार्बती मन्दिर निर्माण हुने क्षेत्रमा यहि माघ १२ गते शुक्रबार सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीको उपस्थितिमा भूमि पूजा हुने अध्यक्ष गुप्ताले जानकारी दिनुभएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित